शनिबार, साउन १२ गते २०८१    
images
images
images

अझै हटेन भारतसँगको 'एयर बबल', दुईवटा एयरलाइन्सको उडान संख्या बढाउने तयारी 

images
मंगलबार, मंसिर १४ २०७८
images
images
अझै हटेन भारतसँगको 'एयर बबल', दुईवटा एयरलाइन्सको उडान संख्या बढाउने तयारी 
images

काठमाडौं- कोरोना महामारीको दोस्रो भेरियन्ट आएदेखि नेपाल भारतको हवाई उडानमा लागू भएको एयर बबल अझै जारी रहेको छ। 

images
images

पछिल्लो समय नेपालले अन्य गन्तव्यमा निर्वाध व्यावसायिक उडानका लागि अनुमति दिइसक्दा पनि भारतसँगको एयर बबल अझै हटेको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले अझै पनि एयर बबल कायमै रहेको प्रतिक्रिया दिएका छन्। 

images

एयर बबल हट्नु भनेको नेपाल-भारतको कुनै पनि गन्तव्यमा कुनै पनि एयरलाइन्सले उडान गर्न पाउने अवस्था हो। यस्तो अवस्थामा नेपाल भारतका गन्तव्यमा व्यावसायिक उडान अनुमति पाएका सबै एयरलाइन्सले निर्धारित उडान गर्न पाउँछन्।

तर एयर बबलमा भने दुई देशको सम्झौतामा उल्लेख भएका एयरलाइन्सले सम्झौतामै उल्लेखित संख्या र गन्तव्यमा मात्र उडान गर्न पाउँछन्। भारतसँगको एयर बबल सम्झौता अन्तर्गत नेपाल-भारतमा अहिलेसम्म नेपाल एयरलाइन्स र एयर इन्डियालेमात्र उडान गरिरहेका छन्। 

images

एयर बबल नहट्दा यी गन्तव्यमा उडान गर्न अनुमति पाएका स्पाइसजेट, भिस्तारा एयर लगायतका एयरलाइन्सले उडान गर्न पाएका छैनन्। स्पाइसजेट एयर बबल हट्नेवित्तिकै उडान गर्ने तयारीमा बसेको छ। 

भारतीय नागरिक उड्डयन मन्त्रालयले हालसम्म एयर बबलको सूचीबाट नेपाललाई हटाएको छैन। मन्त्रालयले मध्य डिसेम्बरदेखि १४ देश बाहेकका गन्तव्यमा नियमित उडान खोल्नसक्ने बताए पनि निर्णय भने गरेको छैन। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले हालसम्म भारतले एयर बबल हटाएको जानकारी नआएको बताएको छ। प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले एयर बबल नेपालको नभइ भारतीय अग्रसरतामा भएकाले भारतबाट कुनै पनि निर्णय नआएकाले अहिलेसम्म जारी रहेको जानकारी दिए। 

क्षेत्रीका अनुसार पछिल्लो समय एयर बबल हटाएको नभइ भारतमा उडान संख्या बढाउने तर त्यसमा उडान भने दुईवटा एयरलाइन्सले मात्र गर्न पाउने  विषयमा तयारी भइरहेको छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने एयर बबल हटाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत् भारतमा पत्राचार गरिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको जानकारी दिएको छ। 

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले अहिलेसम्म नेपालको प्रस्तावमा कुनै प्रतिक्रिया नआएको जानकारी दिए। 

अधिकारीहरूका अनुसार अहिले भारतमा नयाँ दिल्लीमा मात्र भइरहेको उडान बैंग्लोर र मुम्बइमा आउने डिसेम्बर १५ देखि दुई उडान गर्न दिने तयारी भइरहेको छ। सबै गन्तव्यमा गरी दुई एयरलाइन्सलाई ५६ उडान अनुमति दिने तयारी भइरहेको हो।


प्रकाशित : मंगलबार, मंसिर १४ २०७८१३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend