आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार

images
आइतबार, पुस १५ २०८०
images
images
बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार

तमानखोलामा पनि गत वर्षदेखि नै पोल गाड्न थालिए पनि अहिलेसम्म बिजुली बलेको छैन। अहिले तार विस्तार गर्ने कार्य भइरहेको छ।

images
images

ढोरपाटन- नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ। ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन  सकेको थिएन।

images
images
images

अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाग्ने काम भइरहेको छ। तमानखोलामा पनि गत वर्षदेखि नै पोल गाड्न थालिए पनि अहिलेसम्म बिजुली बलेको छैन।

images

अहिले तार विस्तार गर्ने कार्य भइरहेको छ। निसीखोला क्षेत्रमा पनि बुर्तिबाङ बजारदेखि पोल गाड्ने र तार तान्ने काम तीव्र गतिमा भइरहेको छ। जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका पालिकाहरुमा केही वर्ष अगाडिनै केन्द्रीय लाइन पुगे पनि पश्चिम बागलुङका धेरै पालिकामा पुग्न सकेको थिएन। विद्युत् प्राधिकरणले गत वर्षदेखिनै केन्द्रीय लाइन नपुगेका ठाउँलाई प्राथमिकतामा राखेर काम जारी राखेको छ। गाउँ-गाउँम विद्युतका विस्तार हुन थालेपछि स्थानीय हर्षित भएका छन्।

images
images
images

नेपाल विद्युत प्राधिकरणले यस वर्ष निसीखोला, तमानखोला र ढोरपाटनमा केन्द्रीय लाइन बाल्ने गरि काम गरि रहेको छ। पश्चिम बागलुङका लागि गलकोटमा सबस्टेशन निर्माण भएको छ भने बुर्तिबाङमा पनि १३२ किलोभोल्टको सबस्टेशन निर्माण भइरहको छ। यस वर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पुर्‍याउने गरी काम भईरहको नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाका प्रमुख पवन पौडेलले बताए।

आगामी एक महिना भित्रमा बत्ती बाल्ने गरी काम भइरहेको उनले बताए। ढोरपाटन उत्यका, निसीखोलाको देवीस्थान र तमानखोलाको बोङ्गादोभानमा चाँडै केन्द्रीय लाइन सञ्चालन हुने पौडेलले बताए। अघिल्लो आर्थिक वर्षमा विनियोजन भएको १४ करोड रूपैयाँबाट प्रसारण लाइन विस्तार गरिएको हो। रासस


प्रकाशित : आइतबार, पुस १५ २०८०१०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend