आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

सडक बोर्डको दस्तुरभन्दा ब्याजबाट धेरै आम्दानी

images
आइतबार, पुस १५ २०८०
images
images
सडक बोर्डको दस्तुरभन्दा ब्याजबाट धेरै आम्दानी

सडक बोर्डले विभिन्न क्षेत्रमा रहेका सडकको मर्मत सम्भारको काम गर्छ। बोर्डले स्थानीय तह तथा प्रदेश मार्फत् काम गर्दै आएको छ।

images
images

काठमाडौं- सडक बोर्ड नेपालले  सडक दस्तुरभन्दा धेरै निक्षेपको ब्याजबा६ धेरै आम्दानी गरेको छ। 

images
images
images

गत आर्थिक वर्षको प्रकाशित विवरण अनुसार सडक बोर्ड नेपालले ब्याजबाट ३० करोड ४४ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको छ। विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेपबाट बोर्डले यो आम्दानी गरेको हो। 

images

तर बोर्डले सडक दस्तुरबाट भने जम्मा ३४ लाख ४३ हजार रुपैयाँमात्र आम्दानी गरेको छ। सरकारबाट भने ६ अर्ब ७८ करोड अनुदान पाएको छ। 

images
images
images

सरकारबाट आएको अनुदान खर्च नहुँदा बैंकमा राखेको निक्षेपबाट बोर्डले धेरै आम्दानी गरेको हो। गत वर्षभने बोर्डले आम्दानीभन्दा धेरै खर्च गरेको छ। कूल आम्दानी ७ अर्ब  ९ करोड गरेकोमा खर्च भने ८ अर्ब २० करोड गरेको छ। 

सडक बोर्डले विभिन्न क्षेत्रमा रहेका सडकको मर्मत सम्भारको काम गर्छ। बोर्डले स्थानीय तह तथा प्रदेश मार्फत् काम गर्दै आएको छ। 


प्रकाशित : आइतबार, पुस १५ २०८०१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend