आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

प्युठानमा बढ्यो धान उत्पादन

images
शनिबार, पुस १४ २०८०
images
प्युठानमा बढ्यो धान उत्पादन

प्युठानमा सबैभन्दा बढी प्युठान नगरपालिका र सबैभन्दा कम नौबहिनी गाउँपालिकामा धान उत्पादन हुने गरेको छ। जिल्लामा यस वर्ष २१ हजार नौ सय ६७ मेट्रिकटन धान उत्पादन भएको छ।

images
images

स्वर्गद्वारी- प्युठानमा यस वर्ष धान उत्पादन वृद्धि भएपछि किसान खुसी भएका छन्। समयमै वर्षा, उन्नत जातको धानको बीउ छनोट र चैते धान दुई पटक खेती हुन थालेपछि जिल्लामा धान उत्पादनमा वृद्धि भएको हो।

images
images
images

समान क्षेत्रफलमा दुई खेती धान र एक खेती गहुँ उत्पादन हुँदा बजारबाट चामल खरिद गर्न नपर्ने भएको ऐरावती गाउँपालिका-५ कि कृषक सम्झना राउतले बताइन्।

images
images

गत वर्षको तुलनामा तीन हजार तीन सय ७० मेट्रिकटन बढी धान उत्पादन भएको जिल्लास्थित एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले जनाएको छ। प्युठानका केही फाँटहरुमा सीमित सिँचाइ सुविधा उपयोग गरी कृषकले चैते धान खेती गर्न थालेका छन्।

images
images

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका अनुसार गत वर्ष छ हजार एक सय ६५ हेक्टर क्षेत्रफलमा १८ हजार पाँच सय ९७ मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष २१ हजार नौ सय ६७ मेट्रिकटन धान उत्पादन भएको छ।

जिल्लामा सबैभन्दा बढी प्युठान नगरपालिका र सबैभन्दा कम नौबहिनी गाउँपालिकामा धान उत्पादन हुने गरेको कार्यालयका कृषि अर्थ विज्ञ एवं निमित्त कार्यालय प्रमुख उमेश श्रेष्ठले जानकारी दिए। जिल्लामा चैते धानखेती, उन्नत जातका बीउको प्रयोग गर्न थालिएको र मौसमले पनि साथ दिएकाले उत्पादनमा वृद्धि आएको उनको भनाइ थियो।

श्रेष्ठले भने, 'प्युठानका किसानले उन्नत जातका धानको बीउ प्रयोग गर्न थालेका छन्। यसले गर्दा चैते धान रोपेर दुई पटक भित्र्याउन सकिन्छ।' किसानले खेतीमा नयाँ प्रविधिको प्रयोग थालेका उनले बताए।

जिल्लाको प्युठान नगरपालिका, मल्लरानी र ऐरावती गाउँपालिकाको ८० हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको श्रेष्ठले जानकारी दिए। प्युठानमा धान उत्पादन वृद्धि तथा प्रोत्साहनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइले धान जोनका रुपमा काम गर्दै आइरहेको छ।

धान उत्पादन वृद्धिका लागि यस वर्ष एक सय ५० हेक्टर बढीमा जमिनमा चैते धान लगाउने योजना रहेको कार्यालय प्रमुख कृषि अधिकृत चुमानसिंह गिरीले बताए। उनका अनुसार जिल्लामा किसानले चैते धानका रुपमा चैते पाँच, हर्दिनाथ-एक र हर्दिनाथ-तीन, नियमित धानका रुपमा राधा-१२, राधा-१४, सावित्री, हर्दिनाथ-छ जातका धान प्रयोग गर्दै आएका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चैते धान खेतीका लागि क्षेत्र विस्तार गरी उत्पादन बढाउन हर्दिनाथ-एक र हर्दिनाथ-तीन लाई यस वर्षदेखि विस्तार गर्न लागिएको गिरीले बताए। उनका अनुसार जिल्लामा ४२ हजार सात सय ६६ हेक्टर खेतीयोग्य जमिन भएकामा २२ हजार एक सय २५ हेक्टरमा खेती गरिन्छ। रासस


प्रकाशित : शनिबार, पुस १४ २०८०१४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend