काठमाडौं- विभिन्न कम्पनीहरूको १ अर्ब १८ करोड ९८ लाख ३० हजार २ सय रुपैयाँ बराबरको हकप्रद सेयर आउँदै छ।
एक दर्जनभन्दा बढी कम्पनीहरूले हकप्रद सेयरका लागि आवेदन दिएका छन्। नेपाल धितोपत्र बोर्डमा प्रमुखको नियुक्तीमा केही ढिलाइ हुदाँ हकप्रदको निवेदन स्वीकृत हुन समय लागेको छ।
तर पनि केही महिनाभित्रै १ करोड १८ लाख ९८ हजार कित्ता हकप्रद सेयरको रुपमा बजारमा आउन लागेको हो। जसमा इन्स्योरेन्स कम्पनी, विकास बैंक, फाइनान्स कम्पनी र हाइड्रो कम्पनीहरू सेयरधनीलाई कहप्रद दिने अन्तिम तयारीमा रहेका छन्।
आवेदन दिनेमा शिखर इिन्स्योरेन्स कम्पनी पनि रहेको छ। जसले १० कित्ता बराबर ३ कित्ता हकप्रद सेयर दिनेगरी ५२ करोड ७५ लाख रुपैयाँको लागि आवेदन दिएको छ।
कुन कम्पनीको कति ?