आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

मौरी पालेर वार्षिक ८ लाख कमाउँदै छन् ४८ वर्षीय माधव

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस १३ २०८०
images
मौरी पालेर वार्षिक ८ लाख कमाउँदै छन् ४८ वर्षीय माधव

विभिन्न देशबाट मह आयात हुने र नेपालको महभन्दा ती ठाउँबाट आयातित मह व्यापारीले सस्तो मूल्यमा बिक्री गर्दा आफूहरुले उत्पादन गरेको महले उचित मूल्य र बजार नपाएको गुनासो।

images
images

दाङ- तुलसीपुर उपमहानगरपालिका-१० गोलौरीका ४८ वर्षीय माधव केसी व्यावसायिक रुपमा उन्नत जातका माहुरीपालन गरेर सफल माहुरी उद्यमीको रुपमा स्थापित भएका छन्।

images
images
images

विगत डेढ दशकदेखि सो पेसा अँगाल्नुभएका केसीले तीनजनालाई पूर्णरुपमा र दुई जनालाई आंशिकरुपमा रोजगारी दिएका छन्।माहुरीपालनबाट वार्षिक आठ लाख रुपैयाँ बचत गर्न सफल भएको उनले बताए।

images
images

सफल व्यावसायिक माहुरी पालकरुपमा परिचित केसीको दिनचर्या माहुरीका घारलाई स्याहार तथा संरक्षण, चरण र मह काड्नेदेखि बजार व्यवस्थापन हुने गर्दछ।

images
images

हिजोआज महको सिजन भएकाले उनी माहुरी कर्ममा व्यस्त छन्। कृषि क्षेत्रमा राम्रो सम्भावना देखेरै बिएसीएजीको अध्ययन पूरा गरेपछि विसं २०६२ देखि प्राकृतिक मौरीपालन फार्म खोलेर उन्नत जातको माहुरीपालन सुरुवात गरेको उनले बताए।

सुरुमा २५ घार मौरीबाट व्यवसाय सुरु गरेका केसीसँग हाल तीनसय घार मेलीफेरा जातका माहुरी छन्। उनले यस वर्ष १२ टन मह उत्पादन गरी सकेको अझ उत्पादन बढ्ने बताए।

माहुरीपालन व्यवसायमा सन्तुष्ट भए पनि महको बजार व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ। 'तोरी चरणबाट उत्पादन हुने मह फुट्करमा प्रतिकिलो पाँच सय रुपैयाँ र जङ्गलमा चरणबाट उत्पादन भएको मह प्रतिकिलो आठ सय रुपैयाँसम्म बिक्री गर्ने गरेको छु', उनले भने।
 
बुधबार माहुरी फार्ममा मह किन्नका लागि आएका तुलसीपुर उपमहानगरपालिका-६ का २५ वर्षीय श्याम चौधरीले आफ्नै घरआँगनमा शुद्ध मह खान पाइएको बताए। 'महमा औषधीजन्य गुण पनि हुन्छ। जाडोमा पनि महको सेवन राम्रो मानिन्छु', उनले भने। 

केसीले फार्ममा हालसम्म एक करोडसम्मसम्म लगानी गरिसकेका छन्। उनले माहुरीका घार र मह बिक्रीबाट वार्षिक २२ देखि २५ लाखसम्म आम्दानी गर्छन्। सबै खर्च कटाएर वार्षिक सातदेखि आठ लाख बचत हुने गरेको केसीले बताए। 

उनी माहुरी चरणका लागि कैलालीसम्म पुग्छन्। माहुरी जोन कार्यक्रमले माहुरी र माहुरीका घार ५० प्रतिशत अनुदानमा प्राप्त भए पनि महले बजार पाउन नसक्दा समस्या भएको उनको भनाइ छ।

बालीनालीमा बढ्दो विषादीको प्रयोग तथा जङ्गल निकुञ्जमा परिणत हुँदा माहुरी चरणका लागि समस्या हुने गरेको केसीको अनुभव छ। उनी भन्छन्, 'सरकारले पहिलो प्राथमिकता माहुरी पालक किसानले उत्पादन गरेको महलाई खपतका लागि बजारीकरण गरिदिनुपर्छ।'

हाल उनको फार्ममा माहुरीपालनका बारेमा जानकारी लिन, घार अवलोकनका लागि पनि मानिसहरु आउने गरेका छन्। नेपालमा विभिन्न देशबाट मह आयात हुने र नेपालको महभन्दा ती ठाउँबाट आयातित मह व्यापारीले सस्तो मूल्यमा बिक्री गर्दा आफूहरुले उत्पादन गरेको महले उचित मूल्य र बजार नपाएको केसीले दुखेसो पोखे। रासस 


प्रकाशित : शुक्रबार, पुस १३ २०८०१५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend