शनिबार, साउन १२ गते २०८१    
images
images
images

पछिल्लाे समय आईसीएफसी फाइनान्सको सेयरमा किन झुम्मिए लगानीकर्ता?

images
बुधबार, मंसिर १५ २०७८
images
images
पछिल्लाे समय आईसीएफसी फाइनान्सको सेयरमा किन झुम्मिए लगानीकर्ता?
images

काठमाडौं- आईसीएफसी फाइनान्स कम्पनीको सेयर मूल्य पछिल्लो समय लगातार बढिरहेको छ। मौद्रिक नीतिको समीक्षापछि नेप्से परिसूचक लगातार घटिरहे पनि आईसीएफसी सेयर खरिदमा भने लगातार चाप बढ्दा मंगलबार पनि ६.१० प्रतिशत मूल्य बढेर ८९० रुपैयाँमा प्रतिकित्ता अन्तिम कारोबार भएको थियो। 

images
images

मंगलबार फाइनान्सको प्रतिकित्ता ५१.२० रुपैयाँले बढेको थियो। गत वर्ष प्रतिकित्ता २५५ रुपैयाँमा कारोबार भएको फाइनान्सको सेयर मूल्य एकवर्षमै अवधीमा बढेर अधिकतम ११७६.८० रुपैयाँमा कारोबार भएको थियो। फाइनान्सको १८० दिनको औसत मूल्य ६०७.३० रुपैयाँ रहेको छ। 

images
icfc.PNG

गत वर्षको नाफाबाट फाइनान्सले १० प्रतिशत सेयर र ४ प्रतिशत नगद गरि १४ प्रतिशत लाभांश प्रस्ताव गरिसकेको छ। गतवर्ष भने १५ प्रतिशत लाभांश दिएको थियो। कम्पनीले लाभांश बुक गर्नका लागि बुक क्लोजको मितिसमेत तय गरिसकेको छ। कम्पनीले मंसिर २३ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ। 

२२ गतेसम्म सेयर खरिद गर्ने सेयरधनीले लाभांश पाउने छन्। कम्पनीको १ करोड २ लाख ३७ हजार ८ सय ४७ कित्ता सेयर सूचीकृत छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ लाख रुपैयाँ रहेको छ। 

images

फाइनान्सको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २०६.५० प्रतिशतले नाफा कमाएको छ। कम्पनीले ९ करोड ३७ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ। गत वर्ष सोही अवधीमा ३ करोड ५ लाख ७७ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो। 

फाइनान्सले असोज मसान्तसम्म १३ अर्ब ४ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। भने ८ अर्ब ४७ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

कम्पनीको रिजर्भ कोषमा ३१ करोड १२ लाख ८६ हजार रुपैयाँ रहेको छ। कम्पनीले प्रतिसेयर आम्दानी ४४.२२ रुपैयाँ हुँदा प्रतिसेयर नेटवर्थ १५२.६९ रुपैयाँ रहेको छ।

फाइनान्सले प्रत्येक वर्ष आकर्षक लाभांश दिँदै आएको छ। सबैभन्दा धेरै २०७३/७४ मा २१ प्रतिशत लाभांश सेयरधनीलाई दिएको थियो। 

कुन वर्ष कति? 

devidend.PNG

 


प्रकाशित : बुधबार, मंसिर १५ २०७८०१:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend