बिहीबार , वैशाख २० गते २०८१    
images
images

झापामा तोरीखेतीको क्षेत्रफलमा बढोत्तरी, अनुदान र मूल्यले बढाउँदैछ किसानको आकर्षण

images
images
images
झापामा तोरीखेतीको क्षेत्रफलमा बढोत्तरी, अनुदान र मूल्यले बढाउँदैछ किसानको आकर्षण

यस वर्ष पाँच हजार आठ सय ४० हेक्टरमा तोरीखेती गरिएको छ। उत्पादनमा पनि यो पटक वृद्धि हुने आकलन गरिएको छ।

images
images

बनियानी- झापामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। सरकारी प्रोत्साहनसँगै उत्पादनको उचित मूल्य प्राप्त भएपछि यहाँका किसान तोरीखेतीतर्फ आकिर्षत भएका हुन्।

images
images
images

तोरीखेतीलाई प्रवर्द्धन एवं प्रोत्साहन गर्न स्थानीय तहले अनुदान दिइरहेका छन् भने संघीय सरकारबाट सशर्त अनुदान आएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए।

images

संघीय सरकारबाट तोरीखेती प्रवर्द्धनका लागि झापाको बुद्धशान्ति गाउँपालिकामा २० लाख रूपैयाँ र मेचीनगर नगरपालिकामा ३० लाख रूपैयाँ आएको उनले बताए। 'स्थानीय तहहरूले समेत आ-आफ्नो क्षमताअनुसार किसानलाई प्रोत्साहित गरिरहेका छन्', उनले भने, 'जसले गर्दा जिल्लामा तेहलन बालीतर्फ किसान आकर्षित भइरहेका छन्।'

images

झापामा तोरीखेतीको क्षेत्रफल बढोत्तरी हुँदै गएको छ। गत वर्ष पाँच हजार पाँच सय ८० हेक्टरमा तोरीखेती गरिएकामा यस वर्ष पाँच हजार आठ सय ४० हेक्टरमा तोरीखेती गरिएको छ। गत वर्ष झापामा छ हजार सात सय ३० मेट्रिक टन तोरी उत्पादन भएको थियो। यस वर्ष उत्पादन वृद्धि हुने आकलन गरिएको छ। यस वर्ष झापाको हल्दिबारीमा सबैभन्दा बढी तोरीखेती गरिएको छ। त्यस्तै भद्रपुर, कचनकवल, दमक, मेचीनगर, बुद्धशान्तिलगायतका पालिकामा समेत उल्लेख्य मात्रामा तोरीखेती गरिएको छ।

images
images

गत वर्षको सुरुवातमै पाँच हजार चार सय रूपैयाँमा प्रतिमन (४० किलो) बिक्री भएको तोरी यस वर्ष करिब छ हजार रूपैयाँको हाराहारीमा पुग्ने अनुमान छ। उत्पादित तोरीको मूल्य उच्च हुनुका साथै अनुदानसमेत पाइने भएपछि किसान तोरीखेतीप्रति आकर्षित भएका हुन्।

स्थानीय तहको प्रोत्साहन

भद्रपुर नगरपालिकाले तेलहन उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ तोरीखेतीमा अनुदान कार्यक्रम लागु गरेपछि यस वर्ष यहाँका किसानले पाँच सय ३३ हेक्टरमा तोरीखेती गरेका छन्। गत वर्ष भद्रपुरमा दुई सय हेक्टरमा तोरीखेती गरिएको थियो।

नगरभरिका आठ सय ८९ किसानले पाँच सय ३३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरेको विवरणसहित अनुदानका लागि आवेदन दिएको नगरपालिकाका कृषि शाखा प्रमुख सुमन बिमलीले जानकारी दिए। तोरीखेती प्रवर्द्धनका लागि नगरपालिकाले न्यूनतम १० कठ्ठा खेती गर्ने किसानलाई प्रतिकठ्ठा रु छ सय अनुदान दिने गरेको उनले बताए।

गत वर्ष नगरपालिकाले तोरीखेती गर्ने किसानलाई २३ लाख रूपैयाँ अनुदान उपलब्ध गराएको थियो। रासस

images

प्रकाशित : बिहीबार , पुस १२ २०८००५:३३

प्रतिक्रिया दिनुहोस