काठमाडौं- सरकारले गहुँको नयाँ समर्थन मूल्य तोकेको छ। जसमा यसअघिको वर्षभन्दा समर्थन मूल्य प्रतिक्विन्टल २ सय ९९ रुपैयाँले बढेको छ।
आर्थिक वर्ष २०८०/८१ का लागि बिहीबार मन्त्रिपरिषद्को बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ निर्धारण गरेको हो।
आर्थिक वर्ष २०७९/८० मा गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ रहेको थियो। त्यसअघिको वर्ष ३ हजार १ सय ६५ रुपैयाँ रहेको थियो।