शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

रोजगारीमा जापान, दक्षिण कोरिया, युरोप, अमेरिका र क्यानडा जाने श्रमिकलाई ५ सय डलरसम्म सटही सुविधा

images
बिहीबार , पुस १२ २०८०
images
रोजगारीमा जापान, दक्षिण कोरिया, युरोप, अमेरिका र क्यानडा जाने श्रमिकलाई ५ सय डलरसम्म सटही सुविधा
images
images

काठमाडौं- श्रम स्वीकृति लिइ रोजगारीमा जापान, दक्षिण कोरिया, युरोप, संयुक्त राज्य अमेरिका र क्यानडामा जाने नेपालीले अधिकतम ५ सय डलरसम्म सटही सुविधा पाउने भएका छन्।

images
images
images

नेपाल राष्ट्र बैंकको विदेशी व्यवस्थापन विभागले एकीकृत निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो। यसअघि वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले २ सय अमेरिकी डलरसम्म सटही सुविधा पाउँदै आएका थिए। 

images
images

राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत जापान, कोरिया, अमेरिका, युरोप र क्यानडामा रोजगारीमा जाने नेपालीका लागि अन्य मुलुकमा रोजगारीमा जानेलाई भन्दा बढी सटही सुविधा दिन लागेको हो। यीबाहेकका अन्य मुलुकमा रोजगारीमा जाने नेपालीले भने अधिकतम २ सय डलरसम्मकै सटही सुविधा पाउने छन्।

images
images

राष्ट्र बैंकले सटही सुविधा उपलव्ध गराउने सर्तहरु केही लचिलो नीति लिएको छ। यसअघि सुविधा लिन वैदेशिक रोजगारीमा जाने श्रमिकले राहादानी, कन्फम्र्ड हवाई टिकट, नाम, ठेगाना र फोटो सहित अग्रिम भिसा र आवश्यकता परेमा भिसा प्राप्त राहादानीको पृष्ठको छविचित्र अनिवार्यरुपमा पेश गर्न गराउनुपर्ने व्यवस्था रहेको थियो। राष्ट्र बैंकले एकिकृत निर्देशन संसोधन मार्फत विद्युतिय माध्यबाट जारी हुने भिषा र टिकटको आधारमा पनि सटही दिने नयाँ व्यवस्था थपेको छ।


प्रकाशित : बिहीबार , पुस १२ २०८०१६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend