शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

नाडामा सर्वसम्मत हुने निश्चित : डल्लाकोटीले उम्मेद्‍वारी नदिने, सदस्य पनि टुंगियो

images
images
images
नाडामा सर्वसम्मत हुने निश्चित : डल्लाकोटीले उम्मेद्‍वारी नदिने, सदस्य पनि टुंगियो

नाडाको ४७औँ साधारण सभाबाट नयाँ अध्यक्षमा करण चौधरीलाई चयन गर्ने छ।

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको नयाँ नेतृत्व सर्वसम्मत चयन हुने निश्चित भएको छ। नाडाका पूर्वउपाध्यक्ष नवराज डल्लाकोटीसँग पनि बिहीबार सहमति भएसँगै नयाँ नेतृत्व सहमतिमै चयन हुने भएको हो। 

images
images
images

बिहीबार सबै पक्षबीच भएको छलफलमा डल्लाकोटीले अध्यक्षमा उम्मेद्‍वारी नदिन सहमत भएका हुन्। उनले आफूहरुसँग छलफल नगरेको भन्दै उम्मेद्‍वारी दिने बताउँदै आएका थिए। त्यसपछि सर्वसम्मत नयाँ नेतृत्वमा आउँदै गरेका करण चौधरीसहित उनलाई समर्थन गरेका आकाश गोल्छालगायतले सबै पक्षसँग विभिन्न तवरमा छलफल गरेको थियो। 

images

बिहीबारको छलफलमा कार्यसमिति सदस्यमा समेत सहमति भएको बताइएको छ। भोलि शुक्रबार बिहान ११ बजे नाडाको निर्वाचनका लागि मनोनयन गर्दा गर्ने समय तय गरिएको छ। 

images

अटो व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अधिवेशन यही पुस २० र २१ गते हुँदैछ। सबै पक्ष सहमत भएसँगै उक्त साधारणसभाले सीजी होल्डिङस्का कार्यकारी किनर्देशक करण चौधरीलाई अध्यक्ष चयन गर्नेछ।  

images
images

गएको पुस ३ गते दुई दिनसम्म चलेको घनिभूत छलफलपछि नयाँ नेतृत्वका लागि सहमति बनेको थियो। नयाँ अध्यक्षका लागि आकाश गोल्छा र करण चौधरी चुनावी मैदानमा होमिने तयारीमा थिए। विषम परिस्थितिमा रहेको अटोमोबाइल व्यवसायलाई व्यवसायीहरू एकत्रित भएर जोगाउनु पर्ने चौतर्फी दबाब आइरहेको थियो। वर्तमान अध्यक्षदेखि आगामी नेतृत्वका आकांक्षीहरू सहमतिका लागि भएको प्रयास सफल भएको हो। 

नाडाको ४७औँ साधारण सभाबाट नयाँ अध्यक्षमा करण चौधरीलाई चयन गर्ने छ। चौधरीको कार्यकालपछि आकाश गोल्छलाई अध्यक्ष बनाउने सहमति दुई पक्षबीच जुटेको थियो। 

अध्यक्षमा सहमति बनेसँगै सबै पक्षलाई समेटेर नयाँ कार्यसमिति चयनको कामसमेत टुंगिएको छ। तर उक्त नाम भने शुक्रबार मनोयनका क्रममा मात्रै सार्वजनिक गर्ने तयारी नाडाको छ।  

नाडाको साधारण सभाले आगामी दुई वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ। साधारण सभाबाट एक अध्यक्ष, १७ जना सदस्य निर्वाचित हुनेछन्। निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारीको निर्वाचन हुने व्यवस्था नाडाको विधानमा छ। 

त्यस्तै साधारण सभाले सातवटै प्रदेशका लागि प्रदेश अध्यक्षहरू पनि चयन गर्नेछ। देशभर नाडाका ३३ सय सदस्य रहेका छन्। 

images

प्रकाशित : बिहीबार , पुस १२ २०८००३:५०

प्रतिक्रिया दिनुहोस