आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

आईएमई पे र एजुकेसन पार्कबीच विद्यार्थीलाई ५० प्रतिशतसम्म छुट दिने सम्झौता

images
बुधबार, पुस ११ २०८०
images
images
आईएमई पे र एजुकेसन पार्कबीच विद्यार्थीलाई ५० प्रतिशतसम्म छुट दिने सम्झौता

एजुकेसन पार्कमा आईईएलटीएस र पीटीई कक्षाको शुल्क आईएमई पेमार्फत भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट पाइने भएको छ।

images
images

काठमाडौं- नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र एजुकेसन पार्कबीच आईईएलटीएस र पीटीईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ।

images
images
images

उक्त सम्झौताअनुसार सिभिल मल, काठमाडौंको आठौँ तलामा रहेको एजुकेसन पार्कमा आईईएलटीएस र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पेमार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्नेछन्।

images

पुस ६ बाट लागु भएको सो योजनाको अवधि तीन महिनाको हुनेछ। आईईएलटीएस र पीटीई कक्षामा अग्रणी एजुकेसन पार्क र नेपालको पहिलो भुक्तानी प्रदायक आईएमई पे बीचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरुलाई अझ सहज हुने कुरामा दुवै कम्पनीले विश्वास लिएका छन्।

images
images
images

योजनाको अवधि ३ महिनाको भएता पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरुले आफ्नो समय अनुसारको कक्षाको छनौट गर्न सक्नेछन्। यी कक्षा अनलाइनमार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेसन पार्कले जनाएको छ।


प्रकाशित : बुधबार, पुस ११ २०८०१५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend