आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

भृकुटीमण्डपमा भोलिदेखि रियल स्टेट एक्स्पो, साढे २ अर्बको कारोबार हुने अपेक्षा

images
बुधबार, पुस ११ २०८०
images
images
भृकुटीमण्डपमा भोलिदेखि रियल स्टेट एक्स्पो, साढे २ अर्बको कारोबार हुने अपेक्षा

उपभोक्ताहरुले नेपाली रियल स्टेट व्यवसायको यथार्थ तथा वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत यस मेलाबाट जानकारी लिन सक्नेछन्।

images
images

काठमाडौं- बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आठौं रियल स्टेट एक्स्पो हुने भएको छ। नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्था नेपाल जग्गा तथा आवास विकास संघले पुस १२ देखि १५ सम्म रियल स्टेट एक्स्पो गर्न लागेको हो।

images
images
images

यस पटकको मेलाले सर्वसाधारण सबैमा घरजग्गा ब्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपायसहित भावी अवसरका विषयमा समुचित सूचना तथा जानकारी उपलब्ध गराइ व्यवसायलाई समय साक्षेप विकास एवं विस्तार गर्न थप योगदान पुऱ्याउने अपेक्षा गरिएको छ।

images

नयाँ नेपाल निर्माणको लागि वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा शहरीकरणमा महत्वपूर्ण योगदान पुऱ्याइरहेका व्यवसायीहरु र यसका उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई व्यवसायीहरुले आफ्नो नवीनतम् उत्पादन उपभोक्तामाझ पुऱ्याउने तथा उपभोक्ताहरुले नेपाली रियल स्टेट व्यवसायको यथार्थ तथा वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत यस मेलाबाट जानकारी लिन सक्नेछन्।

images
images
images

आठौं पटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आआफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शन गर्नेछन्।

यस मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी हुनेछन्।

मेलामा विद्युतीय सरसामानहरु, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजिसजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीहरुले आआफ्ना उत्पादनहरु प्रदर्शन गरी सोसम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउनेछन्।

साथै, इच्छुक सहभागीहरुले मेला अवधिमा नै आफ्नो उत्पादन तथा सेवाहरुको शुभारम्भ गर्न चाहेमा सोको समेत ब्यवस्था गरिने संघले जनाएको छ।

मेलाबाट एकातर्फ योजनाबद्ध तरीकाले विकास गरिएको घरजग्गा तथा अपार्टमेण्टहरु खरिद र बिक्रीमा संलग्न सरोकारवाला तथा दर्शकहरुले सुरक्षित एवं ब्यवस्थित बसोबासको विकास र मूल्य प्रतिस्पर्धा मार्फत उचित मूल्यमा घरजग्गा तथा अपार्टमेण्टहरु बिक्री सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।

अर्कोतर्फ दर्शक तथा उपभोक्ताहरुलाई विशेषज्ञहरुद्वारा सो सम्बन्धी कानूनी, प्राविधिक र वित्तीय परामर्श समेत उपलब्ध गराइने हुनाले यो ब्यवसायमा आवद्ध ब्यवसायी तथा उपभोक्ताहरु दुबैको हित प्रवर्द्धन भई देशको आर्थिक विकासमा थप योगदान पुग्न जाने अपेक्षा गरिएको छ।

घरघडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामग्री विक्रेता तथा सेवाप्रदायक संस्थाहरुका लागि यो मेला एउटा साझा मञ्च बन्ने विश्वास लिएको छ।

सेवाग्राहीको ईच्छा एवं छनोटको आधारमा समुचित मूल्यमा घरजग्गा उपलब्ध हुने गरी कारोबारलाई सरल, सुलभ तथा व्यवस्थित बनाउन यो मेला निकै उपयोगी हुनेछ संघको दाबी छ। मेलाबाट २ अर्ब ५० करोड रूपैयाँको कारोबार हुने अपेक्षा गरेको छ।

मेलामा कम्तीमा ६० हजार भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। अवलोकनका लागि निः शुल्क पासको व्यवस्थापन गरिएको छ। साथै, हालसम्ममा ६० भन्दा बढी स्टलहरु रहने अपेक्षा गरिएको छ।


प्रकाशित : बुधबार, पुस ११ २०८०१३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend