शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

ट्याक्सीको परिभाषा बदल्दै टाटाको विद्युतीय एक्सप्रेस टी : चालकलाई मनग्य आम्दानी, यात्रुलाई आरामदायी

बागमती प्रदेश सरकारले ल्याएको मापदण्डले खोलेको ढोका

images
images
images
ट्याक्सीको परिभाषा बदल्दै टाटाको विद्युतीय एक्सप्रेस टी : चालकलाई मनग्य आम्दानी, यात्रुलाई आरामदायी

मन्त्रालयले निर्धारण गरेको भाडादरअनुसार पेट्रोल ट्याक्सीको तुलनामा विद्युतीय ट्याक्सीको भाडा १० प्रतिशत कम छ।

images
images

काठमाडौं- नेपालमा सार्वजनिक यातायातमा विलासी गाडी ट्याक्सीको सुरुवात विसं २०२९ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सुरु भएको मानिन्छ। काठमाडौं आउने विदेशीका लागि सार्वजनिक यातायातको रुपमा प्रयोग गर्न सकिने गरी ट्याक्सी सेवा सुरु भएको थियो। 

images
images
images

त्यतिबेला सार्वजनिक सवारीको विस्तार हुन सकेको थिएन। अहिले समय बदलिए पनि ट्याक्सी चढ्नु आज पनि आर्थिक हिसाबले आम मानिसका लागि सहज विषय होइन तर पनि ट्याक्सी सार्वजनिक यातायातको रुपमै रहेको छ। सरकारले सोहीअनुसार सवारीको मापदण्डदेखि भाडा निर्धारणसम्म गर्दै आएको छ। 

images

सुरुवाती दिनमा टोयोटाको कोरोला कार ट्याक्सीका रुपमा काठमाडौंका सडकमा कुद्थे। टोयोटा कोरोला कार आज नेपाली बजारमा बिक्री हुन छाडेको छ। यो कार बिक्री नहुनुको कारण प्रतिस्पर्धा र महँगो मूल्य हो। 

images

२०४८ सालमा आइपुग्दा नेपालमा ट्याक्सीका रुपमा टोयोटा कोरोला युग सकिएर ८ सय सीसीसम्म इन्जिन क्षमताका कारलाई ट्याक्सीका रुपमा दर्ता गर्न दिन थालियो।

images
images

३० वर्षपछि अहिले पुनः ट्याक्सीमा बदलाव मात्र आएको होइन ‘पावरट्रेन्ड’ नै फेरिएको छ। अब नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने होइन ब्याट्रीबाट चल्ने विद्युतीय कार ट्याक्सी हुन लागेका छन्। यसले ट्याक्सीमा नयाँ युगको सुरुवात गरेको छ। 

देश संघीय संरचनामा गइसकेपछि बागमती प्रदेश सरकारले आफ्नो प्रदेशमा वातावरणमैत्री सार्वजनिक यातायात चलाउन प्राथमिकता दिने नीति लियो। सोहीअनुसार बागमती सरकारले करिब दुई वर्षअघि विद्युतीय ट्याक्सीसम्बन्धी नयाँ मापदण्ड ल्याएको थियो। मुख्यगरी यही मापदण्डले हो विद्युतीय ट्याक्सी युगतर्फको ढोका उघारेको।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले प्रदेश सरकारले ल्याएको मापदण्डअनुसार केही महिनापछि नै विद्युतीय सेडान एक्सप्रेस टी उपभोक्तालाई हस्तान्तरण सुरु गरेको थियो। विद्युतीय ट्याक्सी मापदण्डअनुसार नयाँ तथा सट्टा दर्ता हुने ट्याक्सी सेडान र विद्युतीय नै हुनुपर्ने व्यवस्था छ। 

ट्याक्सी पुराना भएको र समयानुकूल परिवर्तन हुन नसकेको भन्दै धेरैतिरबाट आवाज उठिरहेको थियो। सानो आकारको ह्याचब्याक कार ट्याक्सी भएकाले साँघुरा भएको, नियमित सफाइ नगर्दा गन्हाउने भएको गुनासोसमेत यात्रुहरूबाटै आउन थालेको थियो। तर अब भने सेडान सेगमेन्टको फराकिलो, बिजुलीबाट चल्ने, आवाज तथा धुवाँ नआउने र आरामदायी सहरी यात्रामा टाटा एक्सप्रेस टी खडा भएको छ। करिब ८ महिनाअघिदेखि उपत्यकाका सडकमा टाटा एक्सप्रेस टीले ट्याक्सी सेवा दिइरहेका छन्। 

ट्याक्सी चढ्ने उपभोक्तामात्र होइन चालकहरू पनि भिन्न र सन्तोषपूर्ण अनुभव गरिरहेका छन्। सुरुवाती लागत र मासिक किस्ता पेट्रोल ट्याक्सीभन्दा केही महँगो भएपनि पेट्रोलबाट हुने बचत र राम्रो आम्दानीले विद्युतीय ट्याक्सी चालकहरूलाई बढी उत्साहित तुल्याइरहेको छ। यो चालकहरूकै भनाइबाट भएको पुष्टि हो। 

एक्सप्रेस टी चालक सुब्बाकाजी श्रेष्ठ -

subbakahi e taxi chalak.jpeg

मैले ट्याक्सी चलाउन थालेको १६/१७ वर्षजति भयो। सरकारले पुरानो ट्याक्सी हटाएर नयाँ विद्युतीय ट्याक्सी दर्ता गर्ने नियम ल्याएपछि मैले टाटाको एक्सप्रेस टी ट्याक्सी लिएँ। मैले यो ट्याक्सी लिएको ७ महिना भयो। मेरो उमेर अलि बढी भइसकेकाले पनि होला यो विद्युतीय ट्याक्सी चलाउन निक्कै सजिलो लागि रहेको छ। 

ट्याक्सी चल्ने यात्रुहरू पनि निक्कै खुसी भएको पाएको छु। पहिलेको भन्दा आरामदायी, कार चढेजस्तै हुने, पेट्रोल नगन्हाउने भएकाले यस्तो पो गाडी भन्ने यात्रुहरू पनि धेरै छन्। यो विद्युतीय ट्याक्सी चढेर यात्रु पनि खुसी छन् र म पनि खुसी छु। पहिलेको भन्दा कमाइ राम्रो छ। पेट्रोल हाल्न लाग्ने पैसामात्र बचत गर्ने हो र पहिलेको किस्ता तिर्ने पैसामा विद्युतीय ट्याक्सीको किस्ता तिरेर बचत हुने रहेछ। धेरै यात्रुहरूले बाटोमा भेटेसम्म विद्युतीय ट्याक्सी नै चढ्न रुचाउन गरेका छन्। यसले कमाइ बढाउन मद्दत मिलेको छ। 

विद्युतीय गाडी भएपछि मर्मत खर्च कम लाग्ने त्यसमाथि १ लाख ६० हजार किलोमिटरसम्म कम्पनीले नै मर्मत गरिदिने भनेको छ। यसले पनि हामीलाई केही राहत दिएको छ। दिन वा रात एक सिफ्टमा मात्र चलाउने हो भने एक पटक चार्ज गरेपछि आनन्दले पुग्छ। अब कम्पनीले काठमाडौंमा ट्याक्सीको संख्या बढ्दै गएकाले चार्जिङ गर्ने ठाउँ बढाउने हो भने सबै कुरा पुग्छ। 

एक्सप्रेस टी चालक मनोजकुमार श्रेष्ठ  -

manoj srstha e taxi wonner.jpg

मैले टाटाको विद्युतीय ट्याक्सी एक्सप्रेस टी लिएको ६ महिना भयो। अहिलेसम्म मेरो ट्याक्सी ४२ हजार ६ सय किलोमिटर कुदेको छ। सरसर्ती हिसाब गर्दा यो अवधिमा मैले दैनिक सालाखाला ५ हजार रुपैयाँ बचाउँदै आएको छु। म बिहान ९ बजेदेखि राती १ बजेसम्म ट्याक्सी चलाउँ छु। 

मैले भाडामा लिएर यो विद्युतीय ट्याक्सी चलाएको हुँ। दैनिक ७ देखि साढे ८ हजारसम्म कमाइ हुन्छ। पेट्रोल हाल्नु नपर्ने र बिजुलीका लागि ३ देखि ४ सय भए पुग्छ। साहूलाई बुझएरै ४ देखि ५ हजार रुपैयाँसम्म कमाइ हुन्छ। 

काठमाडौं बाहिरको टिप आयो भने बीचमा चार्ज गर्नुपर्ने हुन्छ तत्र भने काठमाडौंमा मात्र चलाउँदा चार्जको कुनै तनाव हुँदैन। टाटाले हामीलाई अहिलेसम्म राम्रो सर्भिस दिएको छ त्यो भोली पनि दिइनै रहोस्। 

एक्सप्रेस टी चालक ज्ञानबहादुर तामाङ -

gyab tam e taxi wonner.jpg

विद्युतीय ट्याक्सी लिएपछि कमाइ राम्रो भइरहेको छ। यसमा तेल हाल्नु नपर्ने, दिनमा ४ सय रुपैयाँ जतिको बिजुली भए पुग्ने रहेछ। मैले यो विद्युतीय ट्याक्सी लिएको ६ महिना जति भयो। मेरो यो ट्याक्सी २० हजार किलोमिटर कुदिसकेको छ। म भ्याली बाहिर अलि धेरै टिप लिएर गएको छु। चार्ज गर्न चाहिँ केही बेर कुर्नु परेको छ। धेरै जसो एप्सबाटै बुक गरेर चार्ज गर्ने गरेको छु, यसो गर्दा अलि सजिलो हुने रहेछ। बाहिर भनिएजस्तो चार्जिङमा समस्या मैले चाहिँ पाएको छैन। ज्यादै न्यून मूल्यमा गाडी कुदाउन पाउने भएपछि केही समय कुर्नुपरेकोलाई धेरै हल्ला गर्न हुन्न। 

पेट्रोलवालाको तुलनामा बिजुली ट्याक्सीको कमाइत आकाश पातालको फरक छ। दैनिक आम्दानी नै पेट्रोलकोभन्दा अहिले धेरै छ र कल आम्दानीको कुरा गर्ने हो भने ठूलो फरक छ। विद्युतीय ट्याक्सीको किस्सा धेरै भएपनि त्यो तिरेर पहिलेभन्दा धेरै बचत भइरहेको छ। म बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म चलाउँछु। यति समय चलाउँदा सालाखाला दैनिक २ सय किलोमिटर जति पुग्छ। मैले अहिले दैनिक ६ हजार जति कमाइ गरिरहेको छु।  

सिप्रदी विद्युतीय ट्याक्सीमा राम्रो सर्भिस दिएको छ। यो नयाँ प्रविधिको भएकाले यसरी सर्भिस दिएर हामी ट्याक्सी चालकलाई राम्रो राहत दिएको छ। 

यी विद्युतीय ट्याक्सी चालकको भनाइका आधारमा नयाँ मानिएको प्रविधिमा आधारित एक्सप्रेस टी नेपाली बाटो र यात्रुका लागि उपयोगी हरेको ठहर्छ। बागमती प्रदेशले विद्युतीय ट्याक्सीको मापदण्ड कार्यान्वयनमा ल्याएसँगै अन्य प्रदेशले पनि विद्युतीय ट्याक्सी र अरू विद्युतीय सार्वजनिक सवारीको मापदण्ड बनाइसकेको र बनाउने क्रममा छन्।

ev use rules.jpg

सस्तो छ भाडा दर

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले २०७८ चैतमा भाडा समायोजन गर्दा पेट्रोल र विद्युतीय ट्याक्सीको भाडा अलग अलग हुनेगरि निर्धारण गरेको थियो। मन्त्रालयले निर्धारण गरेको भाडादरअनुुसार पेट्रोल ट्याक्सीको तुलनामा विद्युतीय ट्याक्सीको भाडा १० प्रतिशत कम छ। 

प्रदेश सरकारले त्यतिबेला भाडा समायोजन गर्दा सुरुको फ्ल्याग डाउन शुल्क विद्युतीय ट्याक्सी र पेट्रोल ट्याक्सीमा समान ५० रुपैयाँ कायम गरेको छ। त्यसपछि प्रति २ सय मिटरको भाडा पेट्रोल ट्याक्सीका लागि १० रुपैयाँ निर्धारण भएको छ। त्यस्तै विद्युतीय ट्याक्सीका लागि प्रति २ सय मिटरको भाडा ९ रुपैयाँ हुने कायम गरिएको छ। 

रात्रीकालिन शुल्कमा पेट्रोल र विद्युतीय ट्याक्सीको प्रति २ मिटरको भाडामा २ रुपैयाँ अन्तर रहेको छ। पेट्रोल ट्याक्सीका लागि रात्रीकालिन भाडा प्रति २ सय मिटर १५ रुपैयाँ तोकिएको छ भने विद्युतीय ट्याक्सीका लागि प्रति २ सय मिटरको भाडा १३ रुपैयाँ मात्र तोकिएको छ। रात्रीकालिन भाडा बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्मका लागि मात्र लागु हुनेछ।

e taxi charging.jpg

टाटाको विद्युतीय एक्सप्रेस टीको विशेषता र रेन्ज

एक्सप्रेस टीको लेन्थ ३९ सय ९३ एमएम, वाइड १६ सय ७७ एमएम, हाइट १५ सय ३२ एमएम र ह्वीलवेस २४ सय ५० एमएम रहेको छ। यो विद्युतीय कारको टर्निङ रेडियस ५.१ मिटर र ग्राउन्ड क्लियरेन्स १ सय ७२ एमएम रहेको छ। 

५ सिट क्षमताको एक्सप्रेस टीमा ३ सय १६ लिटरको बुट स्पेस छ जो ट्याक्सी प्रयोजनमा निक्कै उपयोगी रहेको छ। ब्याट्रीमा आधारित विद्युतीय कार भएकाले एक्सप्रेस टीमा २६ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको छ। एक पटकको फुल चार्जमा ३ सय ६ किलोमिटर (एआरएआई सर्टिफाइड) रेन्ज दिने एक्सप्रेस टीको अधिकतम टर्क १७० एनएम छ। 

एक्सप्रेस टी विद्युतीय कार मल्टी ड्राइभ मोड (ड्राइभ र स्पोर्टस)मा उपलब्ध छ। त्यस्तै यो कारमा अगाडि डिस र पछाडि ड्रम ब्रेक छ भने हिल असिस्ट सिस्टम पनि उपलब्ध छ। 

सीसीएसटू चार्जिङ स्ट्यान्डर्ड पोर्ट रहेको एक्सप्रेस टी १५ एम्पियर प्लग प्वाइन्टमार्फत शून्यदेखि ८० प्रतिशत चार्ज हुन ८ घण्टा ४५ मिनेट लाग्नेछ। त्यस्तै यो कार फास्ट चार्जर (२५ केडब्लू डीसी चार्जर) बाट शून्यदेखि ८० प्रतिशत पुग्न ६५ मिनेटमात्र लाग्नेछ। सिप्रदीले एक्सप्रेस टी ट्याक्सीमा रहेको ब्याट्री प्याक र मोटर तथा सवारीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म वारेन्टी उपलब्ध गराएको छ। नयाँ प्रणाली भएकाले विद्युतीय ट्याक्सीमा आउने मर्मतलगायत सर्भिसको जिम्मासमेत सिप्रदीले आफ्नै सर्भिस सेन्टरबाट दिने छ। 

tata taxi service center.jpg

त्यसैले सिप्रदीले ललितपुरको बालकुमारीमा विद्युतीय ट्याक्सीका लागि डेडिकेटेड सर्भिस सेन्टर बनाएको छ। हाल उक्त सर्भिस सेन्टरमा ईभी ट्याक्सी मर्मतका लागि दुई वटा वे छन् भने यसलाई छिट्टै ४ वटा बनाइँदै छ भने आवश्यकताअनुसार थप गर्दै लगिने कम्पनीले जनाएको छ। यसैगरि आवश्वकताअनुसार चार्जिङ स्टेसन सपिङ मल, व्यवसायिक कम्प्लेक्सलगायतमा विस्तार गर्ने तयारी कम्पनीको छ।

सार्वजनिक यातायातको विद्युतीकरण- विद्युतीय ट्याक्सीमार्फत नयाँ युगमा प्रवेश

images

प्रकाशित : बुधबार, पुस ११ २०८००३:०८

प्रतिक्रिया दिनुहोस