काठमाडौं- समीट लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५.२८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर दिने प्रस्ताव गरेको छ। नेपाल राष्ट्र बैंकले स्विकृत गरेर साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउने छन्।