शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

टीएमएसमा भित्रियो प्रतिस्पर्धी, ३४ ब्रोकरले डीजीहवको टीएमएस चलाउने तयारी

images
सोमबार, पुस ९ २०८०
images
टीएमएसमा भित्रियो प्रतिस्पर्धी, ३४ ब्रोकरले डीजीहवको टीएमएस चलाउने तयारी

ब्रोकर कम्पनीहरूको आग्रहपछि नेप्सेले वाइको कम्पनीसँग मिलेर हालको टीएमएस प्रणालीमा सञ्चालनमा ल्याएको थियो।

images
images

काठमाडौं- नेपालका ३४ ब्रोकर कम्पनीले छुट्टै टीएमएस सञ्चालन गर्ने भएका छन्। हाल सबै ब्रोकर कम्पनीहरूले वाइको कम्पनीको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बाट कारोबार सञ्चालन गरिरहेका छन्। 

images
images
images

श्रीलंका डेभलपर्सले विकास गरेको नयाँ टीएमएस नेपाल कम्पनीले डीजीहवले भित्र्याउन लागेको हो। डीजीहवको टीएमएस नेपाल स्टक एक्सचेन्ज नेप्सेले परिक्षण गरिरहेको छ।

images
images

पुराना ३३ ब्रोकर कम्पनी र १ नयाँ ब्रोकर कम्पनी नयाँ टीएमएसमार्फत कारोबार सञ्चालनका लागि तयार भएका हुन्। डीजीहवले टीएमएस प्रणाली सञ्चालनमा ल्याउने भएसँगै टीएमएम प्रणालीमा वाइको कम्पनीको एकाधिकार तोडिएको छ।

images
images

गत मंसिरबाटै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी भएपनि धितोपत्र कारोबार सञ्चालन नियमावली संशोधनमा भएको ढिलाइका कारण आगामी जनवरीको पहिलो साताबाट परिक्षणको तयारी भएको ब्रोकर एशोसियनका पूर्वअध्यक्ष सन्तोष मैनालीले बताए। 

'धितोपत्र कारोबार सञ्चालन नियमावलीमा नयाँ टीएमएस सञ्चालन ल्याउनुभन्दा एक महिनाअगाडि नै परिक्षण गरिसक्नुपर्ने व्यवस्था छ। यही डिसेम्बरमा परिक्षण गर्ने भनिएको भएपनि नेप्सेमा बिजुलीको समस्याका कारण परिक्षण हुन सकेन। अब जनवरीको पहिलो साता परिक्षण गरेर कारोबार सञ्चालन गर्ने तयारी छ', मैनालीले बताए। 

नेप्सेको अनलाइन प्रणाली सञ्चालन ल्याउँदा ब्रोकर कम्पनीहरूलाई आफै टीएमएस सञ्चालन गर्नका लागि नेप्सेले आग्रह गरेको थियो। तर ब्रोकर कम्पनीहरूले क्षमता नपुग्ने भन्दै नेप्सेलाई प्रणाली बनाइदिन भनेका थिए। 

ब्रोकर कम्पनीहरूको आग्रहपछि नेप्सेले वाइको कम्पनीसँग मिलेर हालको टीएमएस प्रणालीमा सञ्चालनमा ल्याएको थियो।

ब्रोकर कम्पनीले आफ्नो ग्राहकको रुचीअनुसार सुविधा राखेर टीएमएस ल्याउन नेप्सेले ब्रोकर कम्पनीलाई त्यसबेला सुझाएको थियो। प्रत्येक ब्रोकर कम्पनीले आफ्नो आवश्यकताअनुसार टीएमएसको प्रविधि राख्न नेप्सेले सुविधा दिएको थियो।

सबै ब्रोकर कम्पनीले प्रविधि भित्र्याउन नसकेपछि नेप्सेको टीएमएस सञ्चालन गरिरहेका छन्। ब्रोकर कम्पनीले आफ्नै टीएमएस प्रयोग गरेमा नेप्सेलाई बुझाउने शुल्कमा पनि छुट दिएको छ। नेप्सेको टीएमएस प्रयोग गर्दा ब्रोकर कम्पनीले मासिक २५ हजार तिरिरहेका छन्।

आफ्नै टीएमएस प्रयोग गरेमा नेप्सेलाई मासिक १५ हजार शुल्क तिरे पुग्छ। 

नयाँ टीएमएस सञ्चालनमा आएपछि नेपालका ३४ ब्रोकर कम्पनीले डीजीएबलाई पनि शुल्क तिर्नुपर्ने मैनालीले बताएका छन्।


प्रकाशित : सोमबार, पुस ९ २०८०१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend