मंगलबार, जेठ १ गते २०८१    
images
images

पोखराका अटो व्यवसायीसँग ध्रुव थापाको छलफल

images
सोमबार, मंसिर १३ २०७८
images
images
पोखराका अटो व्यवसायीसँग ध्रुव थापाको छलफल
images
images

पोखरा- नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकिएसँगै अध्यक्षमा उमेद्ववारी घोषणा गरेका ध्रुव थापाले पोखराका अटोमोबाइल व्यवसायीहरुसँग छलफल गरेका छन्। थापालगायत उनको टिममा रहेका उम्मेद्वार सदस्यहरु छलफलमा सहभागी थिए। 

images
images
images

कार्यक्रममा गण्डकी प्रदेश सरकारका कानून, न्याय तथा सञ्चार मन्त्री बिन्दुकुमार थापा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीलगायत उपस्थिति थिए। 

images

कार्यक्रममा अध्यक्षका प्रत्यासी धु्रबबहादुर थापाले आफू र आफ्नो टिम नेतृत्वमा आएपछि गरिने नीतिगत सुधारहरु, सचिवालयमा गरिने सुधारहरु, नाडा अटो सोको प्याटेन्ट लिनेदेखि मोफोसलमा पनि केन्द्र कै आयोजनामा अटो सो गरिने बताएका थिए। 

images
images

नाडाका पूर्वपदाधिकारीको आफूलाई समर्थन रहेको दाबी गर्दै आएका थापाले सदस्यहरुको क्षमता अभिवृद्धि गरिने, कुनै पनि व्यवसायीले अटोमोबाइल क्षेत्रका जानकारी लिन चाहेमा सदस्य व्यवसायीले चाहिएको जस्तो डाटा व्यवस्थापन गरेर उपलब्ध गराउने र संस्थात रुपमा नाडाका तर्फबाट गरिने समाजिक उत्तरदायित्वका कार्यहरुको बारे आफ्नो योजना बताएका थिए। 

images
images

अहिले नाडामा साना, मझौलादेखि लिएर ठूला व्यवसायिक घरानाहरुको समेत सहभागिता रहेकोले सबैलाई समेटेर लैजानु पर्ने आवश्यक्ता रहेको उनको भनाइ थियो। त्यसैगरि अहिले नाडाको सातै प्रदेशमा संगठन बिस्तार भएपनि सबै प्रदेशमा रहेका सबै व्यवसायीलाई समेट्न बाकी रहेको भन्दै, प्रदेशमा रहेका संगठनलाई थप अधिकार प्रयोजन गरि आर्थिक रुपमा पनि सवल र सक्षम बनाउनु पर्ने आवश्यक्ता रहेको बताए। 

‘चुनाव टेक्निकल विषय भएकाले मतदाताले दिएको मत गणना नभएसम्म जित मान्न नसकिने हुँदा सबै व्यवसायीलाई नाडाको निर्वाचनमा उपस्थित भएर भोट खसाल्न अपिल गर्छु,’ उनले भने। 

थापाले चुनाव पश्चात आफु लगायत आफ्नो टीमले सम्पूर्ण साना तथा ठूला व्यवसायीलाई समान सम्झेर नाडाको विधि र विधानअनुसार काम गर्ने प्रतिवद्धता जनाए।   

कार्यक्रममा सहभागी उम्मेद्वारहरुका अनुसार ध्रुव थापाको प्यानललाई गोल्छा, लक्ष्मी, दुगड, जगदम्बा, खेतानलगायत ठूला व्यवसायीहरुको समर्थन रहेको दाबी थापा समूहको छ। 

कार्यक्रममा उठेका विभिन्न विषयमा नाडाका उपाध्यक्ष आकाश गोल्छालगायतले प्रयष्ट्याएका थिए। नाडालाई व्यवस्थित गर्दै व्यावसायीक हितमा काम गर्न सुझाव दिँदै उपस्थितव् यवसायीले आफुहरुको समर्थन थापा र उनको टिममा रहेको बताएका थिए। उक्त कार्यक्रम नाडा कार्यसमिति सदस्य कपिल शिवाकोटीले सञ्चालन गरेका थिए। 

images

प्रकाशित : सोमबार, मंसिर १३ २०७८१२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend