शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

मंसिरमा १ खर्ब ३२ अर्बको वस्तु आयात, चालु आवको मंसिरसम्म कुल व्यापार घाटा ५ खर्ब ७९ अर्ब

images
आइतबार, पुस ८ २०८०
images
मंसिरमा १ खर्ब ३२ अर्बको वस्तु आयात, चालु आवको मंसिरसम्म कुल व्यापार घाटा ५ खर्ब ७९ अर्ब

गत वर्ष मंसिरमा कुल ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको मंसिर महिनामा १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा ५ खर्ब १२ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा मंसिरमा ६ अर्ब ४२ अर्ब रुपैयाँको वस्तु आयात भएको हो।

images
images
images

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा आयात ३.३९ प्रतिशतले घटेको छ। गत वर्ष मंसिरमा कुल ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

images
images

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा निर्यात ६.०९ प्रतिशतले घटेको छ। गत वर्षको मंसिरसम्ममा ६८ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६३ अर्ब २१ करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको छ।

images
images

आयात र निर्यात घटेकाले व्यापार घाटा पनि ३.६४ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको मंसिरसम्म नेपालको कुल व्यापार घाटा ५ खर्ब ७९ अर्ब रहेको छ। गत वर्षको यसै अवधिमा नेपालको व्यापार घाटा ५ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो। 

चालु आर्थिक वर्षको साउनमा १ खर्ब २९ अर्ब रुपैयाँ, भदौंमा १ खर्ब ३० अर्ब रुपैयाँ, असोजमा १ खर्ब ४९ अर्ब रुपैयाँ र कात्तिकमा १ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो।


प्रकाशित : आइतबार, पुस ८ २०८०१३:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend