मंगलबार, वैशाख २५ गते २०८१    
images
images

विद्युतीय कार किन्ने यो नै सबैभन्दा उत्तम समय, अनि दोधारे पनि?

images
images
images
विद्युतीय कार किन्ने यो नै सबैभन्दा उत्तम समय, अनि दोधारे पनि?

यसले उपभोक्तामा विद्युतीय कार छनोटको राम्रो अवसर दिएको छ। सरकारले कर सहुलियत दिएकैले टेस्लादेखि बीएमडब्लूसम्मका विद्युतीय कार आउन सम्भव भएको हो।

images
images

काठमाडौं- अहिले विद्युतीय कार किन्नेबारे संसारभर विरोधाभाषपूर्ण सूचनाहरू यत्रतत्र छन्। त्यसमध्ये अधिकांश सूचना तथा जानकारीहरू राम्रा छन् भने केही नकारात्मक पनि देखिन्छन्। यी सबैलाई एकरूपमा राखेर हेर्ने हो भने विद्युतीय सवारीबारे चासो राख्ने र किन्ने योजना बनाउनेहरूका लागि महत्वपूर्ण भूमिका खेल्छ।

images
images
images

अहिले मानिसहरूमा एक दिन ‘अबको भविष्य विद्युतीय सवारीको हो’, अनि अर्को दिन ‘सुरुवातमात्र भएकाले केही समय कुर्ने हो’ जस्ता तर्कवितर्कहरू आइरहेको पाइन्छ। यी तर्कवितर्कहरूबीच उपभोक्ताका लागि भने यो अवधि विद्युतीय सवारी खरिद गर्ने उत्तम समयका रुपमा व्याख्या गर्न सकिन्छ।

images

संसारभर सरकारहरूले विद्युतीय सवारीमा प्रत्यक्ष वा परोक्षरुपमा कर सहुलियत दिइ नै रहेको छ।

images

अमेरिकामा अहिले विद्युतीय सवारी खरिद गर्दा प्रतिसवारी ७ हजार ५ सय डलर ट्याक्स क्रेडिट दिइरहेको छ। चीनमा विद्युतीय सवारीको मूल्यको ६० प्रतिशतसम्म सहुलियत सरकारले दिइरहेको छ। त्यस्तै यस्तो सहुलियत युरोपमा अझै धेरै रहेको छ। छिमेकी भारतमा पनि सरकारले विभिन्न स्किममार्फत विद्युतीय सवारीमा सहुलियत उपलब्ध गराउँदै आएको छ। 

images
images

संसारभरको ईभी सहुलियतको प्रभाव नेपालमा पनि प्रत्यक्षरुपमा परेकै छ। नेपालमा सरकारले आईसी इन्जिन सवारीको तुलनामा विद्युतीय सवारीमा उल्लेख्यरुपमा आयात कर सहुलियत दिएको छ। सोहीकारण संसारका प्रिमियम ब्रान्डका विद्युतीय कार पनि तुलनात्मक रुपमा सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध छन्।

विद्युतीय सवारीको उत्पादन लागत नै महँगो रहेको छ। त्यसैले संसारभर नै विद्युतीय सवारीको मूल्य महँगो रहेको छ तर शून्य प्रदूषणमा विश्वले प्रतिबद्धता जनाएकाले विद्युतीय सवारीमा सबैले कर तथा अन्य सहुलियत दिइरहेकाले केही सस्तो हुन गएको हो। सहुलियत हुँदैन थियो भने विद्युतीय कार अहिले पाइरहेको मूल्यभन्दा बढी पर्ने निश्चित थियो। 

वर्तमान समयमा जसरी विद्युतीय कारका नयाँ मोडल सार्वजनिक हुने, हालसम्मकै उत्कृष्ट प्रविधियुक्त कार आउनु, चार्जिङ पूर्वाधारमा देखिएको उल्लेख्य सुधार र विद्युतीय सवारीको मूल्यमा कमी आइरहेको छ। यी नै कारणले विद्युतीय सवारी किन्न इतिहासमै यो सबैभन्दा उत्तम समय भएको इनसाइडईभीजमा टिम लेभिनले लेखेका छन्। सँगसँगै यी सबै कुरा गतिशील र भ्रमित गर्ने खालका पनि लाग्न सक्छन्।  

विद्युतीय सवारीको क्षेत्रमा धेरै काम हुन बाँकी नै रहेको र यो उपयुक्त मध्यको एक भएको अमेरिकाको ईभी एडभोकेसी समूह प्लग इन अमेरिकाका नीति निर्देशक इनग्रिड माल्मग्रेनले बताएका छन्। 

ईभी छनोट र प्रविधिमा भइरहेको तीव्र विकास

सन् २०१९ यता हेर्ने हो भने अमेरिकामा विद्युतीय कार मोडल उपलब्धता तेब्बरले बढेर १६ वटाबाट करिब ५० पुगिसकेको छ। नेपालको पनि अवस्था लगभग यही प्रतिशत आँकडासँग मिल्दोजुल्दो नै छ।

त्यतिबेला महिन्द्रा ईटूओ, किया सोल ईभीलगायत सीमित मोडलका विद्युतीय कार नेपाली बजारमा उपलब्ध थिए। हाल टेस्लादेखि, अउडी, टाटादेखि सिट्रोनसम्मका विद्युतीय कार उपलब्ध छन्। त्यस्तै कयौँ चिनियाँ विद्युतीय कार पनि आइसकेका छन्। 

यसले उपभोक्तामा विद्युतीय कार छनोटको राम्रो अवसर दिएको छ। सरकारले कर सहुलियत दिएकैले टेस्लादेखि बीएमडब्लूसम्मका विद्युतीय कार आउन सम्भव भएको हो। 

२०१३ मा अमेरिकामा बिक्री हुने विद्युतीय कारको औषत रेन्ज १ सय १७ माइल थियो भने २०२२ मा आइपुग्दा यो बढेर २ सय ९१ माइल पुगिसकेको ब्लुम्बर्गएनईएफले उल्लेख गरेको छ। विगतको तुलनामा प्रविधिमा आएको बदलावले ब्याट्री चार्जिङ समयसमेत निकै कम भइसकेको छ। यो सबै कुराले विद्युतीय सवारी खरिदकर्तालाई उत्साहित बनाइरहेको छ। 

अर्को कोणबाट हेर्ने हो भने विद्युतीय सवारीमा गर्ने धन लगानी त्यसमा हाम्हाल्नुपूर्व धेरैपटक सोच्नुपर्ने हुन्छ। विद्युतीय सवारीमाथि भइरहेको अध्ययन अनुसन्धान धेरै पुरानो होइन। यसमा सवारी उत्पादकले गरेको लगानीको परिणाम आउन बाँकी नै छ। त्यसैले अझै सक्षम प्रविधि र उत्पादन उपभोक्ताको सामु आउन तम्तयार नै छ। 

यी दुईका बीच तुलना गरेर हेर्दा संसारभरका सरकारहरूले अहिले दिइरहेजस्तै कर छुट र सहुलियत दिइ नै रहन्छन् भन्ने छैन। अहिले महँगो भएको र वातावरणमैत्री भएकाले उपभोक्तालाई खरिदको बानी बसाउन उक्त स्किमहरू ल्याइएका हुन्। यस्ता स्किमहरू सीमिति समयका लागि हुन्छन्। त्यसैले यो समय नै विद्युतीय कार खरिदको स्वर्णिम समय हो। 

नेपालको हकमा पनि लगभग यही कुरा मिल्छ। यहाँ गाडी उत्पादन त हुँदैन तर सरकारको राजस्वको सबैभन्दा अचुक स्रोत गाडी आयात हो। पछिल्लो समय विद्युतीय कारको आयात बढ्दै गएको र राजस्व आम्दानी कम हुँदै भएकाले आगामी दिनमा सरकारले विद्युतीय कारमा कर बढाउने कुरा ‘ओपन सेक्रेट’ जस्तै छ। तर वातावरणमैत्री विद्युतीय सवारीलाई प्राथमिकता दिने मूल नीति सरकारले लिएकाले एक दुई वर्षको अन्तरमा सानो अंकको कर वृद्धि गर्नु उपयुक्त हुने देखिन्छ। 

अझै महँगै छ 

धन्न विद्युतीय कारको उपलब्धता बढेको र एलन मस्कले विद्युतीय कारको प्राइस वार सुरु गरेकाले सोचेजति महँगो भएको छैन बरु केही मूल्य घटेकै छ। यही वर्षको सुरुवातको तुलनामा टेस्ला, कियादेखि टाटासम्मका विद्युतीय कारको मूल्य लाखौँ रुपैयाँले घटेको छ तर पनि विद्युतीय कारको औषत मूल्य माथि नै छ।

अमेरिकामा आम अटोमोबाइल उद्योगको औषत मूल्य ४८ हजार २ सय ४७ डलर छ तर विद्युतीय सवारीमात्रको औषत मूल्य ५२ हजार ३ सय ४५ डलर रहेको छ। 

नेपालमा भने दुई करोडभन्दा बढीदेखि २०/२२ लाख रुपैयाँसम्मका विद्युतीय कार उपलब्ध छन्। धेरै बिक्री हुनेलाई औषत आधार मान्ने हो भने हाल नेपाली बजारमा ४० देखि ५० लाख रुपैयाँका विद्युतीय कार धेरैको रोजाइमा रहेको छ। यी विद्युतीय कारमा सरकारको नजर परेर कर नबढ्ने हो भने संकेत राम्रै छ। 

चार्जिङ स्टेसनको उपलब्धता बढ्दै, तर...

विद्युतीय सवारीको चार्जिङ स्टेसनको उपलब्धता र गुणस्तर निरन्तर बढ्दो क्रममा रहेको छ। यसले विद्युतीय सवारीको स्वीकार्यता बढाउँदै गएको छ तर विकास भने अलि सुस्त नै छ। अमेरिकी क्षेत्रमा यो वर्षको सबैभन्दा खुसीको खबर भनेको २८ सवारी उत्पादकले टेस्लाको नर्थ अमेरिकी चार्जिङ स्ट्यान्डर्ड (एनएसीएस)मा आवद्ध हुने सहमति जनाइसकेका छन्। 

भारतमा पनि इन्धन बिक्रेताहरूसँगै सवारी उत्पादक तथा सरकारले पनि चार्जिङ नेटवर्क विस्तारमा ठूलो लगानी गरिरहेका छन्। नेपालमा पनि सवारी आयातकर्ताहरू टाटा मोटर्स, एमजी, हुन्डाई, निटालगायत ब्रान्डले चार्जिङ स्टेसन विस्तारमा काम गरिरहेका छन्।

छोटो तथा मध्यम दुरीमा चल्ने विद्युतीय माइक्रो बस तथा भ्यान पनि राम्रो संख्यामा बिक्री भइरहेकाले उनीहरूले पनि चार्जिङ पूर्वाधार बनाइरहेका छन्। अर्को महत्वपूर्ण पक्ष नेपाल विद्युत प्राधिकरणले पनि देशभर ५० भन्दा बढी चार्जिङ नेटवर्क बनाइसकेको र ठूलो संख्यामा अरु चार्जिङ स्टेसन बनाउने बताएको छ। 

ईभीमा कर बढ्ने चर्चा

गत वर्षदेखि विद्युतीय सवारीमा कर बढ्ने चर्चा हुन थालेको र चालु आर्थिक वर्षको बजेटबाट सरकारले विद्युतीय सवारीमा लाग्ने आएको करमा केही वृद्धि गरेको हो। 

आर्थिक वर्ष २०८०/८१ का लागि अर्थमन्त्री प्रकाशशरण महतले उल्लेखित कर लगाएका छन्। भन्सारतर्फ ५० किलोवाटसम्म मोटर भएका कारमा १० प्रतिशत, ५० देखि १ सय किलोवाटसम्म मोटर भएका कारमा १५ प्रतिशत, १ सयदेखि २ सय किलोवाटसम्म मोटर भएका कारमा २० प्रतिशत, २ सयदेखि ३ सय किलोवाटसम्म मोटर भएका कारमा ४० प्रतिशत र ३ सयभन्दा बढी किलोवाट मोटर भएका कारमा ६० प्रतिशत रहेको छ। 

त्यस्तै अन्तःशुल्कतर्फ ५० किलोवाटसम्म मोटर भएका कारमा शून्य, ५० देखि १ सय किलोवाटसम्म मोटर भएका कारमा १० प्रतिशत, १ सयदेखि २ सय किलोवाटसम्म मोटर भएका कारमा २० प्रतिशत, २ सयदेखि ३ सय किलोवाटसम्म मोटर भएका कारमा ४५ प्रतिशत र ३ सयभन्दा बढी किलोवाट मोटर भएका कारमा ६० प्रतिशत रहेको छ। 

अटोमोबाइल व्यवसायी वृत्तमा अहिले चालु आर्थिक वर्षको ६ महिनाबाटै विद्युतीय सवारीमा कर बढ्ने चर्चा चलिरहेको छ। पेट्रोलियम सवारीमात्र बिक्री गर्ने व्यवसायीहरूले आफ्नो व्यवसाय चौपट भएपछि विगतदेखि नै विद्युतीय सवारीमा कर बढाउनु पर्ने भन्दै लविङ गर्दै आएका छन्।

अर्थमन्त्री प्रकाशशरण महतले पनि ठूलो संख्यामा विद्युतीय सवारी आयात भएको र त्यसको प्रत्यक्ष असर राजस्वमा परेकाले पनि कर बढ्ने संकेत गर्दै आएका छन्। उनले सार्वजनिक कार्यक्रममै ईभीको कर बढाउनु पर्ने बताइरहेका छन्। 

अर्थ मन्त्रालयको संरचनामा पनि ठूलो संख्यामा विद्युतीय कार आएकाले करका दरमा चालु आर्थिक वर्षको ६ महिनामै पुनर्विचार गर्नुपर्ने मत बढी रहेको छ।

तर चालु आवको बीचमा कर समायोजनका लागि सरकार तयार नहुन सक्छ। विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने मूल नीति सरकारले लिएकाले आगामी आवमा केही वृद्धि हुने सम्भावना भए पनि तत्कालका लागि यो सम्भव नभएको जानकारहरू बताउँछन्।

बजेटबाहिरबाट विद्युतीय सवारीको कर बढाउनु अस्वाभाविक हुने सरकारी अधिकारीहरू नै बताउँछन्। चालु आवको बीचमा कर नबढे पनि आगामी आर्थिक वर्षको बजेटबाट विद्युतीय सवारीको कर बढ्ने निश्चितजस्तो नै छ। त्यसैले जेठ १५ अगावै विद्युतीय कार किन्नु उपभोक्ताका लागि निकै लाभ हुनेछ।

images

प्रकाशित : मंगलबार, पुस १० २०८०१२:५२

प्रतिक्रिया दिनुहोस