शुक्रबार, जेठ ४ गते २०८१    
images
images

हवाई सुरक्षामा नेपाल एयरलाइन्सको लापरबाही : ३६ वर्षअघिको सुरक्षा मेनुअलबाटै उडान

images
शुक्रबार, पुस ६ २०८०
images
images
हवाई सुरक्षामा नेपाल एयरलाइन्सको लापरबाही : ३६ वर्षअघिको सुरक्षा मेनुअलबाटै उडान

सन् १९८७ देखि ती गन्तव्यमा उडान गरेको निगमले जहाज अभाव भएपछि सन् २००२ मा कतिपय गन्तव्यमा उडान बन्द गरेको थियो।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगमले ३६ वर्षअगाडिको 'सेफ्टी मेनुअल' प्रयोग गरेरै उडान गरिरहेको पाइएको छ। निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई जहाज (बोइङ ७५७) बाट सन् १९८७ को समयमा युरोप उडान गर्दाकै मेनुअल प्रयोग गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण र युरोपियन युनियनको विस्तृत अडिटमार्फत देखिएको हो। 

images
images
images

ती बोइङ जहाज अहिले कबाडीको भाउमा बिक्री भइसकेका छन्। उक्त समयमा निगमले जर्मनको फ्रान्कफर्ट, फ्रान्सको पेरिस, बेलायतको लन्डन, जापानको ओसाका दैनिक उडान भर्ने गरेको थियो।

images

सन् १९८७ देखि ती गन्तव्यमा उडान गरेको निगमले जहाज अभाव भएपछि सन् २००२ मा कतिपय गन्तव्यमा उडान बन्द गरेको थियो।

images
images

केही महिनाअगाडि युरोपेली आयोग (इसा) ले गरेको अडिटमा निगमले ३६ वर्षअगाडिकै सुरक्षा मेनुअल राखेको फेला पारेको थियो।

images
images

युरोपियन युनियनले सन् २०१३ देखि नेपाली हवाई आकाशलाई कालोसूचीमा राखेको छ। 

पछिल्लो समयको ईयूको प्रतिवेदनले नेपाल वायुसेवा निगमका कारण पनि कालोसूचीबाट हटाउन नसकिने पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लेखेको थियो।

निगमले अहिले एयरवसका जहाज उडान गरिहेको भएपनि सुरक्षाका केही गम्भीर विषयमा बेवास्ता गर्दै मेनुअल भने ३६ वर्षअघिकै प्रयोग गरिरहेको छ।

अहिले युरोपमा मात्रै होइन विश्वभर नै नयाँ प्रविधिबाट सुरक्षा मेनुअल तयार भएर सोहीअनुसार उडान तालिका र 'क्रु मेम्बर'सहित टिकेटिङ र यात्रुसम्ममा लागु हुन्छ। तर निगमले भने नयाँ प्रविधिमा हरेक वर्ष नयाँ प्रयोग गर्दै जानुपर्नेमा ३६ वर्षदेखिकै अधिकांश मेनुअल यथावत राखेको पाइएको हो।

यही पुरानो मेनुअलका कारण पनि युरोपियन युनियनको मुख्य चासोमा निगम परेको पाइएको छ। ईयूको कालोसूचीबाट हट्नेवित्तिकै पहिले युरोप उडान गर्न सक्ने निगममात्रै भएकोले ईयूले निगम केन्द्रित अडिट प्राथमिकतमा राखेको थियो।

ईयूको प्रतिवेदनमा अडिटमा नेपाल एयरलाइन्सले सेफ्टी मापदण्ड पूरा नभएको उल्लेख गरिएको थियो। नियामकले देखाएका कमजोरी र निर्देशन परिपालना नगरेको, उडान तालिका व्यवस्थापन नभएको, उडान समय सीमितता, उडान योजनालगायत कारण देखाउँदै प्रतिबन्ध यथावत् राखिएको बताएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको विस्तृत अडिटमा पनि निगममा धेरै खराबी भेटिएको जनाइसकेको छ।  

यता ईयूको प्रतिवेदनलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको विस्तृत अडिट गरेको थियो। रिपोर्टमा निगमले हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको पाइएको जनाउँदै आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच दिन समय लगाएर निगमको हवाई सुरक्षाको विस्तृत अडिट गरेको थियो। 

निगमको अडिटमा उडान सञ्चालन, सुरक्षा व्यवस्थापन प्रणाली, एयरक्राफ्ट ओर्दिनेस लगायतमा लापरबाही गरेको साथै आधारभूत सुरक्षा प्रणालीसमेत अबलम्बन नगरेको पाइएको प्राधिकरणले जनाएको छ।

निगमसँग हाल चारथान ठूला र तीन थान साना जहाज छन्। विभिन्न १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा सयौँ यात्रु बोकेर उड्ने राष्ट्रिय ध्वजाबाहकको चरम लापरबाहीले जुनसुकै बेला ठूलो दुर्घटना निम्तन सक्ने त्रास प्राधिकरण नेतृत्वमा देखिएको छ।

नेपाल एयरलाइन्सले हवाई सुरक्षामा चरम लापरबाही गरेको विस्तृत अडिटको निष्कर्ष नेपाल एयरलाइन्सले हवाई सुरक्षामा चरम लापरबाही गरेको विस्तृत अडिटको निष्कर्ष

 


प्रकाशित : शुक्रबार, पुस ६ २०८००५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend