बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्वार्थपूर्तिको काममा सहयोग नगरेपछि पर्यटनमन्त्री आलेले गराए सचिव कोइरालाको सरुवा

सोमबार, मंसिर १३ २०७८
स्वार्थपूर्तिको काममा सहयोग नगरेपछि पर्यटनमन्त्री आलेले गराए सचिव कोइरालाको सरुवा

पर्यटनमन्त्री आले र  सचिव कोइराला बीच फाट आउन थालेको थियो। मन्त्री आलेलेको व्यवहारबाट यादव रुष्ट भएका थिए। कुनै पनि विषयमा जानकार नभएका आलले काममा दबाद दिन थालेपछि यादवले सरुवा मागेका थिए।

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफ्नो स्वार्थअनुसार काम नगरेको भन्दै सचिव यादवप्रसाद कोइरालालाई सरुवा गराएका छन्।

पर्यटनमन्त्री आले र सचिव कोइरालाबीच फाटो आउन थालेको थियो। मन्त्री आलेको व्यवहारबाट यादवसमेत रुष्ट थिए। विषयबस्तुको जानकारीबिना आलेले काममा दबाद दिन थालेपछि यादवले सरुवा मागेका थिए।

मन्त्री आलले पनि आफ्नो स्वार्थ अनुरुपमा काम नगरेको भन्दै सचिव सरुवा गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै आएका थिए।

मन्त्री र सचिवबीच नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष नियुक्तिको विषयबाट विवाद सुरु भएको थियो। सचिवले निगम महाप्रबन्ध डिम प्रकाश पौडेललाई मन्त्रालयमा तान्दै महिला कर्मचारीमाथि यौनदुर्व्यवहार गरेको आरोप लागेका युवराज अधिकारीलाई निगम कार्यकारी अध्यक्षमा नियुक्ति गर्ने विषयबाट विवाद सुरु भएको थियो।

यसैगरी पर्यटन विभागमा महानिर्देशकलाई अनावश्यक दबाब दिँदै टेन्डर रद्द गर्न लगाएको विषयमा पनि मन्त्री र सचिव यादवबीच कुरा मिलेको थिएन। 

मन्त्री आलेले पनि यादवको ठाउँमा महेश्वर न्यौपाने माग गरेका थिए। सोहीअनुसार न्यौपानेलाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ। यादवलाई भने शिक्षा मन्त्रालयमा पठाइएको छ।


प्रकाशित : सोमबार, मंसिर १३ २०७८११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend