शनिबार, साउन १२ गते २०८१    
images
images
images

मौद्रिक नीति समीक्षापछि सेयर बजारमा लगातार गिरावट, २ दिनमै १०१.८ अंकले घट्यो

images
सोमबार, मंसिर १३ २०७८
images
images
मौद्रिक नीति समीक्षापछि सेयर बजारमा लगातार गिरावट, २ दिनमै १०१.८ अंकले घट्यो
images

काठमाडौं- तिहारदेखि नै मौद्रिक नीतिमा समीक्षा कुरेर बसेका लगानीकर्ता पुनः निराश हुनपर्ने अवस्था आएको छ। मौद्रिक नीतिको समीक्षापछि सेयर कर्जाको ४/१२ करोडको सीमा परिमार्जन हुने आशमा लगानीकर्ता रहेका थिए। तर नीतिमा परिवर्तन भएन। 

images
images

राष्ट्र बैंकले सेयर कर्जामा कुनै पनि परिर्वतन नगर्दा सेयर बजारमा उत्साह आउन सकेको छैन। ४/१२ को असर बजारमा छैन भनिरहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब के रहेछ असर भनेर बुझ्नु सेयर विश्लेषकहरूले बताउन थालेका छन्।

images

मौद्रिक नीतिको समीक्षापछि पहिलो दिन मंसिर १२ गते आइतबार ८०.२९ अंकले गिरावट आएको सेयर बजारमा पुन: सोमबार २१.५१ अंकले गिरावट आएको छ। 

सोमबार बजार २६२९.९८ को अंकमा झरेर रोकिएको छ। ८२ लाख २५ हजार कित्ता सेयर खरिद बिक्री हुँदा सोमबार ४ अर्ब ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। योसँगै २ दिनमा १०१.८ अंकको गिरावट आएको हो। 

images

कतिपय विश्लेषकहरूले पनि केही दिन सेयर बजार ओरोलो लागे पनि बजारमाथि नै जाने भन्दै लगानीकर्तालाई निराश नहुन आग्रह गर्दै आएका छन्। 

सेयर विश्लेषक विष्णु बस्यालले त सेयर बजार २६ सयको अंकमा आउने र त्यसपछि विस्तारै बढ्ने दाबी गरेका छन्।

तर प्यानिक लगानीकर्ताले भने सेयर बिक्री गरिरहेका छन्। 

बैंक ब्याजदर, बैंकिङ तरलता, सेयर धितोकर्जामा नेपाल राष्ट्र बैंकको कडाइले तल झरेको सेयर बजारलाई धेरै तल झर्नेअवस्थामा नरहेको उनको भनाइ छ।

बजार करेक्सन हुने पर्ने भएपनि अतिनै तल झरेको र अब फेरि नयाँ रेकर्डतर्फअगाडि बढेको विश्लेषकहरू बताउँछन्। तर बजार बढ्नका लागि अझै बैंकमा रहेको तरलता अभावको समस्या समाधान हुनु पर्ने सेयर विश्लेषक बस्याल बताउँछन्।

‘समीक्षामा उक्त विषय संशोधन हुने आशा लगानीकर्ताले गरेको तर संशोधन नभएपछि आत्तिँदा बजार घटेको हो,’ सेयर विश्लेषक बस्यालले भने। लगानीकर्ताहरू त्रसित बन्द केही दिन बजार घटे पनि २६२० अंकभन्दा तल नजाने उनको तर्क छ। 

बजार घट्ने जति घटिसकेको र अब ब्याजदर स्थिर हुन थालेकोले विस्तारै बजारमा पैसा आउन थाल्ने समेत बस्याल बताउँछन्। ‘बजार २६०० सयपछि उकालो लाग्न थाल्छ, त्यसपछि बजारमा नयाँ बुल सुरु हुने छ,’ बस्यालले भने। 

अब बजार प्यानिक नहुने र लगानीकर्ताले ४/१२ को सीमा पचाइसकेको कारण बजार नघट्ने र यही अवस्थामा चलिरहने विश्लेषक छोटेलाल रौनियारको तर्क छ।

‘राष्ट्र बैंकले बजारमा उत्साह आउने गरी केही काम नगरे पनि अब पनि बजार घट्ने छैन। सुरुमा एक दुई दिन बजारमा प्यानिक भएर बेचे भने बेग्लै कुरा हो', उनले भने, ‘अब बुझ्ने मान्छेले सेयर बेच्दैनन्। फेरि ब्याजदर बढेको अवस्थामा त अर्थमन्त्री तथा प्रधानमन्त्रीले समेत हस्तक्षेप गर्न सक्छन्। निर्वाचनको कुरा पनि छ। ब्याजदर कन्ट्रोल भएन भने त मुद्रास्फिति बढ्छ। यस्तो भएको अवस्थामा समग्र अर्थतन्त्रमा असर पार्छ। उद्योगधन्दा व्यापार सबैको लागत बढ्दै जान्छ। यसबाट सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्यमा समेत असर गर्छ। अर्थमन्त्रीले पनि समीक्षा गरिरहेकै होलान्।’

सेयर विश्लेषक रवीन्द्र भट्टराई पनि अबको केही सयम बजार यही अवस्थामा चलिरहने बताउँछन्। ‘लगानीकर्ताले ४/१२ करोडको व्यवस्था पचाइसकेकोले त्यसले बजारमा अब असर गर्दैन। बजारमा ठूलो उतरचढाव आउने अवस्था छैन,’ उनले भने, ‘अलि अगाडिसम्म ४/१२ करोडको असर सेयर बजारमा थियो भन्ने बुझाइ थियो। अब त्यो रहँदैन। बजार अहिलकै अवस्थामा केही समय चल्छ।’


प्रकाशित : सोमबार, मंसिर १३ २०७८०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend