सोमबार, माघ २८ गते २०८१    
सोमबार, माघ २८ २०८१
images
images

७ विकास बैंकको लाभांश घोषणा, सबैभन्दा बढी महालक्ष्मीले दिँदा अरुको कति?

images
सोमबार, मंसिर १३ २०७८
images
images
७ विकास बैंकको लाभांश घोषणा, सबैभन्दा बढी महालक्ष्मीले दिँदा अरुको कति?

साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक र साग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक र ज्योती विकास बैंकले लाभांश घोषणा गरेका छन्।

images
images

काठमाडौं- विकास बैंकतर्फ सात वटाले सेयरधनीका लागि लाभांश घोषणा गरेका छन्। दोस्रो बजारमा अत्याधिक बढीरहेका विकास बैंकहरू मध्ये ७ वटाले मात्रै लाभांश घोषणा गरेका हुन्।

images
images
images

साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक र साग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक र ज्योती विकास बैंकले लाभांश घोषणा गरेका छन्।

images
images

लाभांश घोषणा गरेका विकास बैंकमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकले सबैभन्दा बढी २१.०५ लाभांश दिने भएको छ। बैंकले सेयर बोनसमा २० र नगद बोनसमा १.०५ प्रतिशत लाभांश घोषणा गरेको हो।

images
images
images

यसैगरी कामना सेवा विकास बैंकले सेयरधनीहरूलाई १९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमा बोनस १८.५० र नगद करसहित ०.९७ प्रतिशत रहेको छ।

यस्तै मुक्तिनाथ विकास बैंकले १८.५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमा बोनस १७.५८ र नगद ०.९३ प्रतिशत रहेको छ।

लुम्बिनी विकास बैंकले सेयरधनीहरूलाई १३.७१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोमा बोनस १० प्रतिशत रहेको छ भने नगद ३.७१ प्रतिशत रहेको छ।

यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लगानीकर्ताले ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोमा १०.९५ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ। बैंकले १० प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद बोनस दिन भएको हो।

यसैगरी ज्योति विकास बैंकले सेयरधनीलाई १५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद गरी १५.५ प्रतिश लाभांश दिने प्रस्ताव गरेको हो।


प्रकाशित : सोमबार, मंसिर १३ २०७८१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend