काठमाडाैं- महालक्ष्मी विकास बैंकले सेयरधनीहरुको लागि अघिल्लो आर्थिक वर्षको लाभांश दिने प्रस्ताव गरेको छ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकले २० प्रतिशत सेयर लाभांश र १.०५ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गर्नेछ। साधारण सभाले पारित गरेपछि सेयरधनीले सो लाभांश पाउने छन्।