काठमाडौं- एनसेलको सेयर खरिद-बिक्रीको विषयमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतले कारण देखाउ आदेश जारी गरेका हुन्।
जसमा न्यायाधीश राउतको एकल इजलाशमार्फत कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाइएको छ।
सांसद सिंहले एनसेल सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
नेपालको कानूनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी ढंगमा एनसेलको सेयर खरिदबिक्री भएको सांसद सिंहले रिट निवेदनमा उल्लेख गरेका छन्।
मंगलबार नै संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिदबिक्री प्रकरणमा प्रमाण कागजात संकलनको काम भइरहेको बताएका छन्।
एनसेलको सेयर खरिद-बिक्री सम्बन्धमा प्रमाण संकलन भइरहेको छ : प्रधानमन्त्री दाहाल