शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

वाणिज्य बैंकले ४ महिनामा कमाए २० अर्ब ७३ करोड खुद नाफा, २ अर्ब १७ करोड कमाएको नबिल पहिलोमा, अन्यको कति?

images
सोमबार, पुस २ २०८०
images
वाणिज्य बैंकले ४ महिनामा कमाए २० अर्ब ७३ करोड खुद नाफा, २ अर्ब १७ करोड कमाएको नबिल पहिलोमा, अन्यको कति?
images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन-कात्तिक) मा २० वाणिज्य बैंकले कुल २० अर्ब ७३ करोड खुद नाफा गरेका छन्।

images
images
images

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत असोज महिनाको तुलनामा कात्तिकमा बैंकहरूको खुद नाफा ७ अर्ब २३ करोड रुपैयाँले बढेको छ।

images
images

यस अवधिमा सबैभन्दा धेरै खुद नाफा नबिल बैंकले गरेको छ। नबिल बैंकले यस अवधिमा २ अर्ब १७ करोड रुपैयाँ नाफा गरेको छ।

images
images

यस्तै, चालु आर्थिक वर्षको कात्तिकसम्ममा ग्लोबल आईएमई बैंक सबैभन्दा बढी नाफा गर्ने बैंकहरूको सूचीमा दोस्रो स्थानमा रहेको छ। ग्लोबल आईएमई बैंकले यस अवधिमा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा गरेको छ।

१ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा गर्दै नेपाल इन्भेष्टमेन्ट मेघा बैंक तेस्रो स्थानमा रहेको छ।

चौथो स्थानमा रहेको प्राइम कर्मसियल बैंकले १ अर्ब ५३ करोड रुपैयाँ र हिमालयन बैंकले १ अर्ब ५१ करोड रुपैयाँ नाफा गर्दै पाचौँ स्थानमा रहेको छ।

यस्तै, एनआईसी एसिया बैंकको १ अर्ब ३८ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २१ करोड रुपैयाँ, एनएमबि बैंकले १ अर्ब २४ करोड रुपैयाँ, एभरेष्टले १ अर्ब ८ करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेका छन्।

यस अवधिमा स्टाण्डर्ड चार्टर्ड बैंकले ९८ करोड १९ लाख रुपैयाँ, नेपाल बैंक लिमिटेड ९७ करोड १० लाख, कुमारी बैंकले ८८ करोड ८० लाख, सानिमा बैंकले ७७ करोड ७८ लाख, माछापुच्छ्रे बैंकको ६७ करोड १५ लाख, नेपाल एसविआई बैंकले ६० करोड ५६ लाख, सिटिजन्स इन्टरनेशनल बैंकले ५८ करोड २४, लक्ष्मी सनराइज बैंकले ५१ करोड ६० लाख र सिद्धार्थ बैंकले ३३ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेका छन्।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटामा रहेको कृषि विकास बैंक कात्तिकमा पनि घाटामै रहेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार कृषि विकास बैंक कात्तिकसम्ममा २८ करोड ८८ लाख घाटामा रहेको छ।


प्रकाशित : सोमबार, पुस २ २०८०१७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend