आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

व्यवसाय चलायमान बनाउन 'बागलुङ महोत्सव' : स्थानीय उत्पादनको प्रवर्द्धन, एक करोड ७० लाख आम्दानीको लक्ष्य

images
सोमबार, पुस २ २०८०
images
images
व्यवसाय चलायमान बनाउन 'बागलुङ महोत्सव' : स्थानीय उत्पादनको प्रवर्द्धन, एक करोड ७० लाख आम्दानीको लक्ष्य

महोत्सवमा सात लाख दर्शक भित्रिने र १० करोड रूपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको कँडेलले जानकारी दिए।

images
images

गलकोट- बागलुङ उद्योग वाणिज्य संघले चार वर्षपछि बागलुङ महोत्सवको आयोजना गर्दैछ। संघको आयोजनामा यही पुस ११ देखि २१ गतेसम्म ‘बागलुङ महोत्सव-२०८०’ हुन लागेको हो।

images
images
images

यसअघि विसं २०७६ मा महोत्सव आयोजना गरिएको थियो। विगतका वर्षमा गरिएका महोत्सवले यहाँको बजार तथा व्यापार फस्टाउँदै आएको थियो। महोत्सवले व्यवसायलाई थप चलायमान बनाउने भएकाले तयारीलाई तीव्रता दिइएको आयोजकले जनाएको छ। 

images

कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन महोत्सव फलदायी हुने संघका अध्यक्ष नरेश कँडेलले बताए। महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउँदै उनले महोत्सवमा स्थानीय उत्पादनको छुट्टै कक्ष राखिने जानकारी दिए।

images
images
images

जिल्लामा उत्पादित स्थानीय सुन्तला, गुन्द्रुक, भाँगो र सिस्नोबाट बनेका पाउडरको प्रवर्द्धन गरिने अध्यक्ष कँडेलले बताए। महोत्सवले पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुर्‍याउने उनको भनाइ छ। उनका अनुसार महोत्सवमा एक सय २० भन्दाबढी कक्ष रहने छन्।

मेलामा एक करोड ७० लाख रूपैयाँ आम्दानी गर्ने र एक करोड ४५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। महोत्सवमा सात लाख दर्शक भित्रिने र १० करोड रूपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको कँडेलले जानकारी दिए।

महोत्सवका अवसरमा खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता र युवाउद्यमी सम्मेलन गरिने संघका महासचिव ऋषिराम गौतमले बताए।

महोत्सवबाट बचत भएको रकमले संघको सामाजिक उत्तदायित्व कार्यक्रमअन्तर्गत सदस्य कल्याणकारी कोषमा पाँच लाख रूपैयाँ जम्मा गरिने, धौलागिरि बहुमुखी क्याम्पसको छात्रावृत्ति कोषमा सहयोग गरिने, बजार क्षेत्रमा सिसी क्यामेरा जडानमा सहयोग गर्ने, कोसेली घर सञ्चालनमा ल्याउने र नेपाल पत्रकार महासंघको संस्थागत विकासमा सहयोग पुर्‍याइने जनाइएको छ। रासस


प्रकाशित : सोमबार, पुस २ २०८०१५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend