आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

नेपालगञ्जमा भूकम्पको अतिजोखिममा रहेका संरचनाको प्रबलीकरण थालियो

images
सोमबार, पुस २ २०८०
images
images
नेपालगञ्जमा भूकम्पको अतिजोखिममा रहेका संरचनाको प्रबलीकरण थालियो

पहिला बनेका घर नक्सापास, जाँचपासलगायतका प्राविधिक मापदण्ड पूरा नगरी निर्माण गरिएकाले भूकम्पको जोखिम बढेको नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जिनियर निमेष शर्माले बताए।

images
images

बाँके- पुराना र कमजोर संरचनालाई भूकम्पको जोखिमबाट न्यूनीकरण गर्नका लागि नेपालगञ्जमा प्रबलीकरण (रेट्रोफिटिङ) सुरु भएको छ। नेपालगञ्जमा भूकम्पको अतिजोखिममा रहेका संरचनालाई प्रबलीकरण गर्नका लागि स्थानीयस्तरमा सचेतना प्रवर्द्धन गर्न थालिएको हो।

images
images
images

धेरै पुराना र कमजोर संरचनालाई भूकम्प प्रतिरोधी बनाउन पुनःमर्मत गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रबलीकरणका लागि सचेतना अभिवृद्धि गर्ने काम थालिएको जिल्ला विपत् व्यवस्थापन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए।

images

यहाँका अधिकांश पुराना संरचना भूकम्पको जोखिममा रहेको प्राविधिक अध्ययनले देखाएपछि ती संरचनालाई भूकम्पको जोखिमबाट जोगाउन स्थानीयलाई अभिप्रेरित गर्न थालिएको उनको भनाइ थियो। ज्ञवालीका अनुसार नेपालगञ्जको वडा नं ३ स्थित इस्लामिक चिल्ड्रेन स्कुललाई नमुनाका रुपमा प्रबलीकरण गरिएको छ।

images
images
images

'पुराना संरचना भूकम्पको उच्च जोखिममा छन्, ती संरचनालाई भूकम्प प्रतिरोधी बनाउने उद्देश्यले प्रबलीकरण (रेट्रोफिटिङ) गर्न सकिन्छ भन्ने सन्देश समुदायस्तरमा प्रवाह गर्न नमुनाका रुपमा इस्लामिक स्कुललाई छनोट गरेका हौँ', सिभिल इञ्जिनियर नरेश निदालले भने, 'पुराना संरचना भत्काएर नयाँ बनाउन नसक्ने अवस्थामा रेट्रोफिटिङ गर्न सकिन्छ। जसले गर्दा भूकम्पको जोखिमलाई धेरै हदसम्म कम गर्दछ।'

नेपालगञ्जमा जोखिममा रहेका घरको संरचनात्मक लेखाजोखा गरी त्यसको प्रतिवेदनका आधारमा प्रबलीकरण गर्न सकिने सूचना व्यवस्थापन अधिकृत ज्ञवालीलले बताए। उनका अनुसार विसं २०७२ अघि नेपालगञ्जमा निर्माण भएका अधिकांश संरचना भूकम्प प्रतिरोधी नभएको प्राविधिक अध्ययनले देखाएको छ।

पहिला बनेका घर नक्सापास, जाँचपासलगायतका प्राविधिक मापदण्ड पूरा नगरी निर्माण गरिएकाले भूकम्पको जोखिम बढेको नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जिनियर निमेष शर्माले बताए। उनले विसं २०७२ देखि उपमहागनरले घरलगायतका संरचना निर्माण गर्दा अनिवार्यरुपमा नक्सापास गराई भूकम्प प्रतिरोधी बनाउनुपर्ने प्रावधान रहेको बताए।

विद्यालयका पुराना संरचनालाई प्रबलीकरणले विद्यार्थी र अभिभावकमा रहेको भूकम्पको डर र त्रास हट्ने इस्लामिक चिल्ड्रेन विद्यालय व्यवस्थापन समितिका सदस्य मक्सुद अहमदले बताए। पुराना संरचनाले विद्यालय बढी जोखिममा रहेकाले पश्चिम क्षेत्रमा गएको भूकम्पपछि विद्यार्थी र अभिभावकमा डर र त्रास सृजना भएको उनको भनाइ थियो। उनका अनुसार स्कुलमा कक्षा आठसम्म अनाथ बालबालिकालाई निःशुल्क अध्ययपन गराइन्छ।

नेपालगञ्ज उपमहानगरसँगको सहकार्यमा सुपर परियोजनाले भूकम्प प्रतिरोधी संरचना निर्माण, पुराना संरचना प्रबलीकरण, आवास बीमा, विपद् प्रतिकार्यका लागि दक्ष जनशक्ति उत्पादन, सचेतना प्रवर्द्धनलगायतका काम गरिरहेको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले जानकारी दिए। उनका अनुसार उपमहानगरभित्र वडा नं ३ र ७ लाई मुख्य कार्य क्षेत्र बनाइएको छ।

युरोपियन युनियनको सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा उपमहानगरमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि विपद्पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ। रासस


प्रकाशित : सोमबार, पुस २ २०८०१४:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend