शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

बस्ती डुबान र कटानमा परेपछि मर्स्याङ्दी जलविद्युत केन्द्रले अधिग्रहण गर्‍यो बाँध किनारको जग्गा

images
सोमबार, पुस २ २०८०
images
बस्ती डुबान र कटानमा परेपछि मर्स्याङ्दी जलविद्युत केन्द्रले अधिग्रहण गर्‍यो बाँध किनारको जग्गा

प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजार ६ सय ८० रूपैयाँका दरले जग्गाको मुआब्जा निर्धारण गरिएको जिल्लाा प्रशासन कार्यालयले जनाएको छ।

images
images

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले बाँधको किनारमा रहेको नौ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरेको छ। 

images
images
images

६९ मेगावाट विद्युत उत्पादन क्षमता रहेको उक्त आयोजनाको बाँधले त्यस क्षेत्रका बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरी मुआब्जा दिन सुरु गरिएको हो। केन्द्रले नौ रोपनी १० आना दुई पैसा तीन दाममा जग्गा अधिग्रहण गरी मुआब्जा बितरण गर्न थालेको केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिए।

images
images

मानवीय क्षति हुने उच्च जोखिम देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएकामा अहिले उनीहरुको माग पूरा भएको छ। उक्त स्थानका तेह्र जनाको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएअनुसार २१ करोड ७८ लाख ८५ हजार नौ सय ६७ रूपैयाँ प्रदान गरिनेछ। 

images
images

जग्गाका लागि सत्र करोड ८७ लाख ८६ हजार छ सय ५२ रूपैयाँ र घरटहराका लागि तीन करोड ९० लाख ९९ हजार तीन सय १५ रूपैयाँ वितरण गरिने केन्द्रले जनाएको छ। 

गत साउन २६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार यसअघि ८० प्रतिशत भन्दाबढी मुआब्जा वितरण गरिसकिएको जनाइएको छ।

प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजार ६ सय ८० रूपैयाँका दरले जग्गाको मुआब्जा निर्धारण गरिएको जिल्लाा प्रशासन कार्यालयले जनाएको छ। रासस


प्रकाशित : सोमबार, पुस २ २०८०१३:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend