आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

परम्परागत प्रविधि प्रयोग गरी चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ समुदाय

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २ २०८०
images
परम्परागत प्रविधि प्रयोग गरी चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ समुदाय

दाउरा बाल्न थालेपछि चिउरीको रुख नासिदै गएको छ। चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ। अहिले  चिउरीको फूल फुल्ने मौसम भएकाले यस क्षेत्रमा मौरी चराउन आउनेको घुइँचो लाग्ने गरेको छ।

images
images

चितवन- गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ। कालिका नगरपालिका-१० जिङलाउका चेपाङ समुदायले जंगलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेका छन्। 

images
images
images

जंगलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको कालिका-१० जिङलाउका कलाराम चेपाङले बताए।

images
images

'बाउबाजेको पालादेखि यहाँ चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ' उनले भने।

images
images

उनले चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको बताए। बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उनले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने बताए।

'बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ', कलारामले भने, 'चिउरीको घ्यू स्वास्थ्यका लागि पनि राम्रो छ।' चिउरीको घ्यूमा कुनै मिसावट पनि नहुने उनको भनाइ छ। चिउरी असारमा पाक्छ। साउनमा टिप्ने गरिन्छ। उनले भने, 'चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राख्छौँ।'

एक वर्षमा झण्डै  चार मुरी चिउरी टिप्ने गरेको वर्षभरीलाई पुग्ने गरेको कलारामले बताए। 'यसको बजार भाउ छैन। तर न्यून सङ्ख्यामा घ्यू किन्न आउने गरेका छन्', उनले भने। 

राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक रामलाल चेपाङले चिउरीको बियाँबाट निस्कने घ्यू औषधिको रुपमा समेत प्रयोग गर्ने गरेको बताए। 'हातखुट्टा, ओठ फुटेको ठाउँमा लगाउने गरेका छौँ', उनले भने। 

विगतमा चेपाङ समुदायमा छोरीलाई चिउरीको रुख नै दाइजो दिने चलन थियो। तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई खुवाउन प्रयोग हुन थालेको छ। चिउरी, चमेरो र चेपाङको सम्बन्ध रहेको उल्लेख गर्दै उनले पुर्खाले चिउरीको रुखलाई संरक्षण गरेर राखेको उल्लेख गरे।  

दाउरा बाल्न थालेपछि चिउरीको रुख नासिदै गएको छ। चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ। अहिले  चिउरीको फूल फुल्ने मौसम भएकाले यस क्षेत्रमा मौरी चराउन आउनेको घुइँचो लाग्ने गरेको छ।

कालिका-१० का वडाध्यक्ष नरजङ्ग प्रजाले चिउरीको घ्यूले बजार पाउन नसकेको बताए। 'अरु तेलको प्रयोग बढेपछि चिउरीको घ्यूको खासै माग छैन', उनले भने, 'यसको महत्वबारे बुझाउनुपर्ने आवश्यकता छ।'

चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिकाका साथै भरतपुर महानगरपालिकाका केही स्थानमा चिउरी पाइन्छ। रासस


प्रकाशित : सोमबार, पुस २ २०८०१०:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend