शनिबार, साउन १२ गते २०८१    
images
images
images

सेयर धितोमा ४ /१२ को नीतिपछि नै पुगेको थियो बजार उच्च अंकमा (यस्तो छ तीन महिनाको उतारचढाव)

images
आइतबार, मंसिर १२ २०७८
images
images
सेयर धितोमा ४ /१२ को नीतिपछि नै पुगेको थियो बजार उच्च अंकमा  (यस्तो छ तीन महिनाको उतारचढाव)

साउन ३१ गते आइबार बजार ३१५४ पुगेर रोकिएको थियो। त्यसपछि साउन ३२ गते पुन: ६ अंकले बढेर ३१६० को अंकमा बजार रोकिएको थियो। भदौ १ गते भने सेयर बजारमा कुनै ठूलो परिर्वतन आएन।

images

काठमाडौं- मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिनभन्दा समीक्षा पछिको पहिलो दिन नेप्सेमा ठूलो गिरावट आएको छ। 

images
images

आर्थिक वर्ष २०७८/०७९ का लागि नेपाल राष्ट्र बैंकले साउन २९ गते शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको थियो। मौद्रिक नीतिमा सेयर कर्जामा कडाई भएको भन्दै सोही दिनबाट लगानीकर्ताहरुले विरोध सुरु गरेको थिए।

images

मौद्रिक नीति सार्वजनिक हुनभन्दा एक दिन अगाडि साउन २८ गते नेप्से परिसूचक ३१७८ को अंकमा पुगेर बजार रोकिएको थियो। साउन २८ गते नेप्से १६ अंकले बढेर कारोबार बन्द भएको थियो। साउन २७ गते नेप्से परिसूचक ३१६२ मा पुगेर रोकिएको थियो। 

तर मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन साउन ३१ गते नेप्से २४ अंकले घटेको थियो। साउन ३१ गते आइबार बजार ३१५४ पुगेर रोकिएको थियो। त्यसपछि साउन ३२ गते पुन: ६ अंकले बढेर ३१६० को अंकमा बजार रोकिएको थियो। भदौ १ गते भने सेयर बजारमा कुनै ठूलो परिर्वतन आएन।

images

साेही दिन ३१६०.०९ बाट बढेर ३१६०.६२ मा पुगेर बजार रोकिएको थियो। तर भदा २ गते सेयर बजारमा नयाँ रेकर्ड कायम हुँदै नेप्से ३१९९ को अंकमा पुगेको थियो। त्यसपछि निरन्तर घटको सेयर बजार कात्तिक २ गते सबैभन्दा न्युन विन्दु २५११ अंकमा आइपुगेको थियो।

share 1.jfif

तर यसपटक  मौद्रिक नीतिको समीक्षापछि पहिलो दिनमै सेयर बजारमा भारी अंकको गिरावट आएको हो। मंसिर १२ गते सेयर बजार आइतबार नेप्से परिसूचक ८०.२९ अंकले घटेको छ।

आइतबार १ करोड १९ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको हो। जसमा ८२ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको भने मूल्य बढेको हो। लगानीकर्ताले धैर समेत गर्न नसेको विश्लेषकहरुको भनाइ छ।  

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको समीक्षामा सेयर धितो राखेर लिइने कर्जाको सीमामा कुनै पनि हेरफेर गरेको थिएन। जसका कारण लगानीकर्ताहरु आत्तिए बिक्रीको चाप बढेको हो। जसका कारण आइतबार सेयर बजारमा भारी गिरावट आएको हो। 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति २०७८ साउन २९ मा जारी गर्दा सेयर कर्जामा व्यक्तिगत तर्फ ४ करोड र संस्थागत १२ करोडको सीमा तोकेको थियो।

‘समीक्षमा उक्त विषय संसोधन हुने आशा लगानीकर्ताले गरेको तर संसोधन नभएपछि आत्तिँदा बजार घटेको हो,’ सेयर विश्लेषक विष्णु बस्यालले भने। लगानीकर्ताहरु त्रसित बन्द केही दिन बजार घटेपनि २६२० अंकभन्दा तल नजाने उनको तर्क छ। 

बजार घट्ने जति घटिसकेको छ।अब व्यादर स्थिर हुन थालेकोले विस्तारै बजारमा पैसा आउन थाल्ने समेत बस्याल बताउँछन्। ‘बजार २६०० सयपछि उकालो लाग्न थाल्छ, त्यसपछि बजारमा नयाँ बुल सुरु हुने छ,’ बस्यालले भने। 
अर्का सेयर विश्लेषक रवीन्द्र भट्टराई पनि अबको केही सयम बजार यही अवस्थामा चलिरहने बताउँछन्।

‘लगानीकर्ताले ४र१२ करोडको व्यवस्था पचाइसकेको र यसले बजारमा अब असर गर्दैन। बजारमा ठूलो उतरचढाव आउने अवस्था छैन,’ उनले भने, ‘अलि अगाडिसम्म ४र१२ करोडको असर सेयर बजारमा थियो भन्ने बुझाई थियो। अब त्यो रहँदैन। बजार अहिलकै अवस्थामा केही समय चल्छ।’


प्रकाशित : आइतबार, मंसिर १२ २०७८१५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend