आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग कांग्रेस सांसद चौधरीको माग, उखु किसानका समस्याप्रति गम्भीर बन्न आग्रह

images
आइतबार, पुस १ २०८०
images
उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग कांग्रेस सांसद चौधरीको माग, उखु किसानका समस्याप्रति गम्भीर बन्न आग्रह

सांसद विनोद चौधरीकै पहलमा यसपटक नवलपरासीका उखु किसानले सरकारले दिने अनुदानबापतको रकम पाइसकेका छन्।

images
images

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन्। सरकारले मूल्य तोक्न ढिलाई गर्दा उखु किसान मर्कामा परेको भन्दै सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएका हुन्।

images
images
images

उखु उत्पादनमा लागि पकेट क्षेत्र मानिने नवलपरासी जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीले कृषि तथा पशुपंक्षी विकासमन्त्रीलाई लिखित पत्र बुझाउँदै छिटो उखुको समर्थन मूल्य तोक्न आग्रह गरेका हुन्।

images
images

‘नवलपरासी (ब.सु.प) जिल्लाको मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसानहरु उखु खेतितर्फ साह्रै उत्साहित देखिन्छन्। किसानको उत्साहलाई प्रोत्साहन गर्नु हामी राजनीतिकर्मीको मूल ध्येय हो,’ सांसद चौधरीले भने, ‘चालु आर्थिक वर्ष २०८०/८१ का लागि समयमै उखुको समर्थन मूल्य तोकिदिनुपर्ने हुन्छ। तर हालसम्म पनि मूल्य नतोकिदिँदा यस क्षेत्रका किसानहरु अन्योल र मर्कामा परेका छन्।’

images
images

उनले उखुको समर्थन मूल्य तोक्न ढिलाई हुँदा उद्योगहरुले उखु खरिद गर्न नपाएको र किसानको उखु बारीमै सुक्ने अवस्था सिर्जना भएको सरकारलाई अवगत गराएका छन्। साथै कतिपय किसानले सरकारले मूल्य नतोक्दा सस्तोमै उखु बेच्न बाध्य भएको भन्दै सांसद चौधरीले कृषिमन्त्री बेदुराम भुसालको लिखित ध्यानाकर्षण गराएका हुन्। उनले समर्थन मूल्यसँगै किसानलाई सरकारले उपलब्ध गराउने अनुदानबापतको रकम पनि समयमै भुक्तानी गराउन पनि मन्त्रीसँग माग गरेका छन्।

सांसद चौधरीकै पहलमा यसपटक नवलपरासीका उखु किसानले सरकारले दिने अनुदानबापतको रकम पाइसकेका छन्। कतिपय जिल्लामा किसानले अघिल्लो वर्षकै रकम नपाएर आन्दोलनरत छन्।

सरकारले अघिल्लो वर्ष उखुको न्यूनतम मूल्य प्रतिमेट्रिक टन ६ सय १० रुपैयाँ तोकेको थियो। जसमा उखु उद्योगले ५४० रुपैयाँ र सरकारले अनुदानबापतको ७० रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो।


प्रकाशित : आइतबार, पुस १ २०८०११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend