मंगलबार, जेठ १ गते २०८१    
images
images

मनाङका बाढीपहिरो पीडितलाई घर बनाउन २ लाख सहयोग

images
आइतबार, मंसिर १२ २०७८
images
images
मनाङका बाढीपहिरो पीडितलाई घर बनाउन २ लाख सहयोग

प्रतिघरधुरीलाई २ लाख रुपैयाँका दरले मनाङका ७४ घरधुरीलाई राहत रकम स्वरूप घर बनाउन उक्त रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए। 

images
images

मनाङ- हिमाली जिल्ला मनाङका बाढीपहिरो पीडितलाई राहतस्वरूप रकम वितरण गरिएको छ। गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रायलले यहाँका बाढीपहिरो पीडितलाई घर निर्माणका लागि रकम हस्तान्तरण गरेको हो।

images
images
images

प्रतिघरधुरीलाई २ लाख रुपैयाँका दरले मनाङका ७४ घरधुरीलाई राहत रकम स्वरूप घर बनाउन उक्त रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए। 

images

उनका अनुसार प्रतिघरधुरी २ लाख रुपैयाँका दरले १ करोड ४८ लाख रुपैयाँ विशेष राहतअन्तर्गत रकम वितरण गरिएको छ। 'बाढीपहिरोबाट पूर्ण क्षति पुगेका घर परिवारका लागि राहतस्वरूप रकम वितरण गरिएको हो। आंशिकरूपमा क्षति पुगेका घर परिवारलाई राहत दिने विषयमा टेवल हुन बाँकी रहेकाले पूर्ण क्षति पुगेका घर परिवारलाई मात्र यो विशेष प्याकेजका रूपमा राहत वितरण गरिएको छ', प्रजीअ आचार्यले भने। 

images
images

पूर्ण क्षति पुगेका घर परिवारलाई प्रदेश आर्थिक मामिलामन्त्री रामजी बरालले आइतबार बाढीपहिरोले क्षति पुगेको स्थलमा पुगेर राहत हस्तान्तरण गरेका हुन्। सो अवसरमा उनले विशेष प्याकेजका रूपमा प्रदान गर्ने भनेर घोषणा गरिएको रकम वास्तविक बाढीपहिरो पीडितसमक्ष पुर्‍याउने लक्ष्यका साथ प्रदान गरिएको बताए।

images
images

उनले विशेष प्याकेजको यो रकमले घरबार पूर्ण क्षति भएका परिवारलाई राहत पुग्ने विश्वास लिए। ढिलै भए पनि यहाँका जनताको घाउमा मलम लगाउने कार्य गरिएको उनले बताए।  

पर्यटकीय क्षेत्र मनाङको कोरोनासँगै बाढीपहिरोले क्षति पुर्‍याउँदा प्रदेशको आर्थिकस्तरमा प्रभाव पारेको उनको भनाइ थियो। यसको विकासका लागि सरकार प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। तत्काल राहत पुर्‍याउन मुस्किल भए पनि ढिला गरी बाढीपहिरो समक्ष पुर्‍याउन सकिएको उनको भनाइ छ।  

प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले पर्यटन, सामुदायिक आवास, निजी आवासलगायत विभिन्न किसिमका क्षेत्रमा क्षति पुगेकाले सहयोगका लागि प्रदेश सरकार लागिपरेको बताए। 

गत जेठ १४ र असार १ गते मर्स्याङदी नदीमा आएको बाढापहिरोले जिल्लाका निजी आवासमा पूर्ण क्षति पुगेका परिवारलाई राहत वितरण गरिएको हो। मनाङमा बाढीपहिरोले क्षति पुर्‍याएपश्चात मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष प्याकेजका रूपमा राहत पीडितसमक्ष पुर्‍याउने घोषणा गरेका थिए। 

 

images

प्रकाशित : आइतबार, मंसिर १२ २०७८०२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend