शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

यी हुन् २०२३ का संसारभरका २० वित्तीय केन्द्र

images
आइतबार, पुस १ २०८०
images
यी हुन् २०२३ का संसारभरका २० वित्तीय केन्द्र

२०२३ का २० वित्तीय केन्द्रको सूचीमा ६ वटा अमेरिकामा रहेका छन् भने ३ वटा चीन र २ वटा जर्मनीमा छन्।

images
images

काठमाडौं- आर्थिक गतिविधि बढ्नका लागि व्यावसायिक वातावरण अपरिहार्य सर्त हो। व्यावसायिक वातावरण राम्रो भएका सहर तथा देशहरू नै सक्षम र लगानीकर्ताको रोजाइमा पर्ने गरेको छ। लगानीकर्ताहरूको रोजाइमा परेका सहरहरू नै वित्तीय केन्द्रका रुपमा रहेने गर्छन्। 

images
images
images

वित्तीय केन्द्रहरू पारदर्शी रुपमा अर्बौँ डलरको कारोबार गर्ने पूर्वाधारसहितको संरचनाले सुसज्जित हुन्छन्। विश्वको वित्तीय केन्द्रहरू समयक्रमअनुसार परिपर्वन भइरहेका हुन्छन्। प्रविधिको तीव्र विकाससँगै वित्तीय केन्द्रहरू पनि विकेन्द्रित हुँदै आएका छन्। 

images
images

२०२३ मा विश्वको वित्तीय केन्द्रबारे भिजुअल क्यापिटालिस्टले एडभाइजर च्यानलमा छापेको तथ्यांकका आधारमा २० वटा मुख्य वित्तीय केन्द्रको सूची तयार गरेको छ। २० वित्तीय केन्द्र छनोट गर्दा मुख्य गरि ५ वटा कुरालाई आधार मानिएको छ। ती ५ आधारहरूमा वित्तीय क्षेत्रको विकास, व्यवसायिक वातावरण, मानव संशाधन, पूर्वाधार र विश्वसनीयता रहेका छन्। 

images
images

२०२३ मा विश्वको वित्तीय केन्द्रको अग्रस्थानमा अमेरिकाको न्यूयोर्क सहर रहेको छ। यो वर्ष न्यूयोर्कको सेयर बजार पुँजीकरण ४६ ट्रिलियन डलर रहेको छ। यो विश्वभरको बजार पुँजीकरणको ४० प्रतिशत हिस्सा हो। विश्वभरका कम्पनीहरूमा रहेका लगानीकर्ता र उनीहरूको विश्यसनीयताका लागि न्यूयोर्कमा सूचीकृत हुन चाहन्छन्। 

न्यूयोर्क सहरमा करिब ३ लाख ३० हजार मानिसले वित्तीय क्षेत्रमा काम गर्छन्। न्यूयोर्कबाट कयौँ कम्पनीहरू अन्यत्रसमेत गइरहेका छन्। २०१९ यता ९ खर्ब ९३ अर्ब डलर सम्पत्ति भएका १ सय ५८ कम्पनी कम कर भएका अन्य अमेरिकी राज्यहरूमा केन्द्रीय कार्यालय लिएर गइसकेका छन्। 

२०२३ का २० वित्तीय केन्द्रको सूचीमा ६ वटा अमेरिकामा रहेका छन् भने ३ वटा चीन र २ वटा जर्मनीमा छन्। 

२०२३ को पहिलो वित्तीय केन्द्रमा न्यूयोर्क रहेकमो छ। यो अमेरिकी राज्य हो र २०२२ मा पनि न्यूयोर्क पहिलो स्थानमै थियो। त्यस्तै दोस्रो स्थानमा लन्डन रहेको छ। लन्डन बेलायतको राजधानी पनि हो र २०२२ मा पनि लन्डन वित्तीय केन्द्रको दोस्रो स्थानमै थियो। 

तेस्रो स्थानमा एसियाली देश सिंगापुर र चौथो स्थानमा हङकङ रहेको छ। यी दवै देशका सहर २०२२ मा पनि यो वर्षकै र्‍याङकिङमा थिए। पाँचौ र छैटौँ स्थानमा सन फ्रान्सिस्को र लस एन्जलस रहेका छन्। यी दुवै अमेरिकी सहर हुन् र सन फ्रान्सिसको २०२२ कै स्थानमा रहेपनि लस एन्जलस २०२२ को तुलनामा २०२३ मा एक स्थानमा माथि उक्लिएको छ। 

सातौँ वित्तीय केन्द्रका रुपमा चीनको वित्तीय राजधानीसमेत मानिने सांघाइ रहेको छ। सांघाइ २०२२ को तुलनामा एक स्थान तल झरेको छ। त्यस्तै आठौँ र नवौँ स्थानमा सिकागो र बोस्ट रहेको छ। यी दुवै अमेरिकी राज्यहरू २०२२ को तुलनामा २०२३ मा क्रमशः ४ र ५ स्थान माथि उक्लिएका हुन्। 

२०२३ को वित्तीय केन्द्रको दशौँ स्थानमा सियोल रहेको छ। दक्षिण कोरियाको सियोल २०२२ को तुलनामा १ स्थान माथि उक्लिएको छ। ११औँ स्थानमा वासिंटन डीसी रहेको छ। अमेरिकाको राजधानीसमेत रहेको वासिंटन डीसी २०२२ को तुलनामा ४ स्थान माथि उक्लिएको छ। 

यसैगरी ग्लोबल वित्तीय केन्द्रको १२औँ स्थानमा चीनको सान्जेन, १३औँ स्थानमा बेइजिङ, १४औँ स्थानमा फ्रान्सको पेरिस, १५औँ स्थानमा अस्ट्रेलियाका सिड्नी र १६औँ स्थानमा नेदरल्यान्डको आस्टरडम रहेका छ। १७औँ र १८औैँ स्थानमा क्रमशः जर्मनीको फ्राङफर्ट र म्युनिख, १९औँ स्थानमा लक्जम्बर्ग र २०औँ स्थानमा स्वीजरल्यान्डको जुरिच रहेको छ।


प्रकाशित : आइतबार, पुस १ २०८०१२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend