आइतबार, मंसिर ९ गते २०८१    
images
images

पुसका लागि अधिकांश वाणिज्य बैंकले घटाए मुद्दती निक्षेपको ब्याज, कर्जा थप सस्तो हुने

images
शनिबार, मंसिर ३० २०८०
images
images
पुसका लागि अधिकांश वाणिज्य बैंकले घटाए मुद्दती निक्षेपको ब्याज, कर्जा थप सस्तो हुने

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत ब्याजदर घटाउने नीति लिएपछि अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन्। यस महिना हिमालयन बैंकले सबैभन्दा धेरै २ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ।

images
images

काठमाडौं- पुस महिनाका लागि २० वाणिज्य बैंकले निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। पुसका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्।

images
images
images

नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक, कुमारी, राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, कृषि विकास बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, नेपाल बैंक लिमिटेड, सिदार्थ बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, ग्लोवल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंकले ब्याजदर घटाएका छन्।

images

मंसिरमा दुई पटक ब्याजदर घटाएका एनआईसी एसिया बैंक, माछापुच्छ्रे, कुमारी बैंक र एनएमबि बैंकले पुसका लागि पनि ब्याजदर घटाएका हुन्। प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

images

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत ब्याजदर घटाउने नीति लिएपछि अधिकांश बैंकहरुले ब्याजदर घटाएका हुन्। समीक्षामार्फत राष्ट्र बैंकले ब्याजदर कोरिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ०.५ प्रतिशत बिन्दुले घटाएर ७ प्रतिशत कायम गरेको छ। नीतिगत दर १ प्रतिशतले बिन्दुले घटाएर ५.५ प्रतिशत र निक्षेप संकलन दर १.५ प्रतिशत बिन्दुले बढाएर ३ प्रतिशत कायम गरेको छ। यी चारवटै बैंकले राष्ट्र बैंकले दिएको १० प्रतिशतले ब्याजदर घटाउने सुविधाको उपयोग गर्दै मुद्दती निक्षेपको ब्याजदर घटाएका थिए।

माछापुच्छ्रे बैंकले मंसिर महिनाकै लागि साधारण मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले घटाएको छ। मंसिरका लागि १०.६ प्रतिशत ब्याजदर तोकेको माछापुच्छ्रे बैंकले बीचमै संशोधन गर्दै ९.६० प्रतिशत कायम गरेको थियो।मौद्रिक नीतिको समीक्षालगत्तै कुमारी बैंकले पनि साधारण मुद्दती निक्षेपको ब्याजदर १०.०१ प्रतिशतबाट घटाएर ९.६१ प्रतिशत झारेको थियो।यस्तै एनएमबि बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर ९.७६ प्रतिशतबाट घटाएर ९ प्रतिशत कायम गरेको थियो।

एनआईसी एसिया बैंकले पुस महिनाका लागि थप ब्याजदर घटाउँदै ८.६७ प्रतिशत कायम गरेको छ। यस्तै, कुमारी बैंकले पनि पुस महिनाका लागि साधारण मुद्दती निक्षेपको ब्याजदर ९.३१ प्रतिशतमा झारेको छ। यस्तै पुसमा पनि ब्याजदर घटाएको एनमएबिले ९ प्रतिशत र माछापुच्छ्रे बैंकले ९.६ प्रतिशत कायम गरेको छ। 

पुसका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले ९.५ प्रतिशत, प्राइम कमर्सियल बैंकले १० प्रतिशत, कुमारी बैंकले ९.३१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.५१ प्रतिशत, स्टाण्डर्ड चार्टर्डले ८.५६ प्रतिशत, नबिल बैंकले ८.६ प्रतिशत, कृषि विकास बैंकले ९.०१२, सिटिजन्स इन्टरनेशल बैंकले ९.३५ प्रतिशत, नेपाल बैंकले ८.५५ प्रतिशत, सिद्धार्थ बैंकले ९.२५ प्रतिशत, एभरेष्ट बैंकले ८ प्रतिशत, ग्लोवल आइएमई बैंकले ८.६ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ९ प्रतिशत, नेपाल एसविआई बैंकले ९.६ प्रतिशत र हिमालन बैंकले ८.६०३ प्रतिशत साधारण मुद्दती निक्षेपको ब्याजदर तोकेको छ।

यस महिना हिमालयन बैंकले सबैभन्दा धेरै २ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ।

कात्तिक महिनादेखि बैंकहरुले निरन्तररुपमा निक्षेपको ब्याजदर घटाइरहेकाले आगामी दिनमा कर्जाको ब्याजदर घट्ने भएको छ। अब कर्जाको ब्याजदर करिब ३६ प्रतिशतले सस्तो हुने अनुमान गरिएको छ। एनआईसी एसिया र कुमारी बैंकले प्रिमियम दर नै घटाएर कर्जाको ब्याजदर सस्तो बनाएका छन्। एनआईसी एसिया बैंकले प्रिमियम दर ५ प्रतिशितबाट ३ प्रतिशत र कुमारी बैंकले ३.५ प्रतिशत प्रिमियम दर तोकेको छ।

बैंकिङ प्रणालीमा करिब ६ खर्बको हाराहारीमा अधिक तरलता भए पनि कर्जाको ब्याजदर महँगो भएकाले कर्जा प्रवाह बढ्न सकेको छैन। कर्जा प्रवाह बढाउन भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत नीतिलाई लचक बनाएको छ। घरजग्गा र सेयर कर्जाको जोखिमभार १५० बाट घटाएर १२५ प्रतिशत कायम गरिएको छ।

यस्तै, राष्ट्र बैंकले नीतिगत दर लगायतका ब्याजदर कोरिडोरका दरहरु हेरफेर गरेको छ।


प्रकाशित : शनिबार, मंसिर ३० २०८०१४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend