आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सागसब्जी उत्पादनबाट आत्मनिर्भर बनेका दाङका थारु महिला

images
शनिबार, मंसिर ३० २०८०
images
सागसब्जी उत्पादनबाट आत्मनिर्भर बनेका दाङका थारु महिला

तरकारी उत्पादन तथा बिक्रीबाट उनीहरुले गुजारासँगै राम्रो बचतसमेत गरिरहेका छन्।

images
images

दाङ- बिहान ४ बजेदेखि नै तुलसीपुरका विभिन्न चोकमा कठ्याङ्ग्रिने चिसोको परवाह नगरी छिटुवामा सागसब्जी राखेर ग्राहकको प्रतीक्षामा बसेका भेटिन्छन् दाङका थारु महिला। तुलसीपुर बजारका चोकचोकमा किसानहरू आफूले उत्पादन गरेका कृषिउपज लिएर बिक्रीका लागि ग्राहकको प्रतीक्षामा भेटिन्छन्।

images
images
images

चिसो सडकमा ग्राहकको पर्खाइमा बस्नेमध्येकी एक छिन् तुलसीपुर उपमहानगरपालिका-१० पड्डाकी ४० वर्षीया रामकुमारी चौधरी। उनी व्यावसायिरूपमा काउली र आलुखेती गरेर आत्मनिर्भर छिन्। उनी भन्छिन्, 'सडकमा बसेर सागपात बिक्री गर्न थालेको वर्षौँ बित्यो। यसबाटै जीवन गुजारा भएको छ। कृषिकर्मबाट राम्रो आम्दानी भएको छ।'  

images
images

गाउँबाट राति २ बजे नै छिटुवा बोकेर कहिले पैदल त कहिले अटो चढेर आउने रामकुमारी पनि सडकमा कृषि उपज बेचेर आत्मनिर्भर भएका छन्। दैनिक गर्जो टार्न र आफ्ना छोराछोरीलाई कापीकलम किन्न उनको कृषि आम्दानीले थेगेको छ।

images
images

पाँचदेखि कठ्ठा जमिनमा गरिने मौसमी र बेमौसमी खेतीबाट उनले वार्षिक दुईदेखि साढे दुई लाख रूपैयाँसम्म बचत गर्दै आएको सुनाइन्। बचत रकमबाट नै उनले मल बीउबिजन, किटनाशक औषधि खरिद गर्दै आएकी छिन्।

त्रिपन्न वर्षीया आश्मानी चौधरीले पनि आफूलाई व्यावसायिक खेतीमा आफूलाई सक्रिय राखेकी छिन्। पन्ध्र कट्ठा जमिनमा चमसुर, पालुङ्गो, गोलभेडा फलाउने उनी धानभन्दा सागसब्जी उत्पादनबाट राम्रो आम्दानी लिन सफल भएको बताउँछिन्। उनले गत वर्ष तीन लाख रूपैयाँ आम्दानी गरेको बताइन्।

तुलसीपुर १६ की ४० वर्षीया राजपति चौधरी पनि १२ कट्ठा जमिनमा व्यावसायिकरूपमा सागसब्जी लगाएर गरेर आत्मनिर्भर बनेकी छिन्। उनले वार्षिक साढे तीन लाख रूपैयाँसम्म आम्दानी हुने गरेको बताइन्। सागपात बेचेर नै उनले आफ्ना दुई छोराछोरीलाई कृषि प्राविधि पढाएकी छिन्। परिश्रमअनुसार पर्याप्त प्रतिफल प्राप्त हुने कृषिकर्ममा नै आफ्ना सन्तानलाई लगाउने आफ्नो सोच रहेको उनले बताइन्। रासस


प्रकाशित : शनिबार, मंसिर ३० २०८०१३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend