आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

बारामा बढ्यो धान उत्पादन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २९ २०८०
images
बारामा बढ्यो धान उत्पादन
images
images

बारा- बारामा धान उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गत वर्षको तुलनामा २० हजार पाँच सय ८७ दशमलव पाँच मेट्रिक टन धान बढी उत्पादन भएको छ।

images
images
images

कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले यस वर्ष दुई लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको जानकारी दिए। गत वर्ष भने दुई लाख ५० हजार चार सय ७१ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको थियो।

images
images

यस वर्ष अगहनी धान एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन, भदैयाधान ५१ हजार एक सय ७० मेट्रिक टन, चैतेधान ८० हजार मेट्रिक टन उत्पादन भएको छ। गत वर्ष अगहनी धान एक लाख ४३ हजार दुई सय ८३ मेट्रिक टन, भदैया धान ५० हजार एक सय ९१ दशमलव पाँच मेट्रिक टन र चैतेधान ५६ हजार मेट्रिक टन उत्पादन भएको थियो।

images
images

मूल्यका हिसाबले यस वर्ष रु आठ अर्ब ६४ करोड तीन लाख ३८ हजार बराबरको अगहनी, भदैया र चैतेधान उत्पादन भएको बाली संरक्षण अधिकृत राजनारायण साहले बताए। उनका अनुसार गत वर्ष ६ अर्ब १४ करोड ९८ लाख ७५ हजार बराबरको धान उत्पादन भएको थियो। रासस


प्रकाशित : शुक्रबार, मंसिर २९ २०८०१७:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend