शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

सीजी टेलिकमको लाइसेन्स खारेज

images
images
images
सीजी टेलिकमको लाइसेन्स खारेज

नवीकरण नभएपछि सीजीको लाइसेन्स खारेज भएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ।

images
images

काठमाडौ- चौधरी समूहअन्तर्गतको सीजी टेलिकमको लाइसेन्स खारेज भएको छ। नवीकरण नभएपछि सीजीको लाइसेन्स खारेज भएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ। 

images
images
images

प्राधिकरणनिकट स्रोतका अनुसार सीजीको ग्रामीण दूरसञ्चार सेवा लाइसेन्स खारेज भएको हो।

images

युनिफाइड सेवाको लाइसेन्सका लागि लविङ गर्दै आएको कम्पनीले पछिल्लो समय लाइसेन्सको अवधि सकिने समयमा नवीकरण नगरेकाले खारेज भएको प्राधिकरण निकट स्रोतले जानकारी दिएको छ। 

images

‘प्रत्येक १० वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ। जस अनुसार लागि मंसिर १६ गतेभित्र नवीकरणका लागि रकम बुझाएर आवेदन दिनुपर्ने थियो। तर कम्पनीले यो अवधिमा बुझाएन’  प्राधिकरणका एक अधिकारीले भने,’ दूरसञ्चार ऐनको दफा २५ को ६ अनुसार लाइसेन्स खारेजभ एको छ।’ 

images
images

यसका लागि बोर्डबाट निर्णय पनि गर्न नपर्ने बताइएको छ। अवधि सकिनुअघि नै नवीकरणका लागि आवेदन दिनुपर्ने हुन्छ। तर सो मितिमा नआएकाले खारेज भएको हो। 

युनिफाइड लाइसेन्सकाय लागि लामो समयदेखि संघर्षमा रहेको चौधरी समूहले ग्रामिण दूरसञ्चारकै लाइसेन्स गुमाएको छ। यसअघि लाइसेन्सका लागि भन्दै उपकरणको आयातको अनुमति दिने तयारी भइरहेको थियो। उपकरण आयात गरेर पूर्वाधार बनाएपछि लाइसेन्स दिने भन्दै सीजीले अनुमतिका लागि आवेदन पनि दिएको थियो।

उपकरण आयातको अनुमतिको प्रक्रिया चलिरहेकै समयमा नवीकरण नै नगर्दा लाइसेन्स गुमेको हो। 

images

प्रकाशित : शुक्रबार, मंसिर २९ २०८००४:१६

प्रतिक्रिया दिनुहोस