शनिबार, साउन १२ गते २०८१    
images
images
images

आकर्षणमा सिभिल बैंक सेयर, इतिहासकै धेरै लाभांश आउन सक्ने (यस्तो छ वित्तिय विश्लेषण)

images
सोमबार, मंसिर १३ २०७८
images
images
आकर्षणमा सिभिल बैंक सेयर, इतिहासकै धेरै लाभांश आउन सक्ने (यस्तो छ वित्तिय विश्लेषण)

बैंकको पछिल्लो ५२ सातामा अधिकतम सेयर मूल्य ३१६ रुपैयाँ पुगेको र न्युनतम भने १६५ रुपैयाँमा कारोबार भएको थियो। बैंकले गत वर्ष ८.४२ प्रतिशत लाभांश दिएको थियो।

images

काठमाडौं- पछिल्लो समय आक्रामक व्यवसाय विस्तार र नाफामा समेत वृद्धि गर्दै लगेको सिभिल बैंकले केही दिन भित्रै लाभांश घोषणा गर्दैछ। सस्तो सेयर मूल्यमा आकर्षक लाभांश लिन पाइने भएकोले पनि पछिल्लो समय सिभिलमा लगानीकर्ता आकर्षण बढ्दो छ।

images
images

आइतबार प्रति कित्ता ८ रुपैयाँ घटेर सिभिल बैंकको सेयर २६५ रुपैयाँमा कारोबार रोकिएको हो। ८० अंकले बजार घट्दा पनि सिभिलको सेयरमा खासै उचारचढाव भने देखिँदैन। खासगरी लाभांश कुरेर लगानीकर्ता बसेका कारण पनि सिभिल बैंकको सेयरमा खासै उचारचढाव नभएको हो।

images

बैंकको पछिल्लो ५२ सातामा अधिकतम सेयर मूल्य ३१६ रुपैयाँ पुगेको र न्युनतम भने १६५ रुपैयाँमा कारोबार भएको थियो। बैंकले गत वर्ष ८.४२ प्रतिशत लाभांश दिएको थियो।

यसवर्ष १२ देखि १५ प्रतिशतसम्म लाभांश दिने क्षमता बैंकले बनाएको छ। जसका कारण पनि पछिल्लो समय बैंकको सेयर मूल्यमा खासै उतारचढाव आएको छैन। 

images
civil 2.PNG

८ करोड ६४ लाख ६६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको कम्पनीको चुक्तापुँजी ८ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। चुक्तापुँजी बढाउने खासै दबाब बैंकमा नपरेपनि राष्ट्र बैंकले बोनस सेयरमै बढी जोड दिएकाले अन्य बैंकले जस्तै सिभिलले पनि बोनस सेयर नै दिनेछ। 

बैंकले सबैभन्दा बढी आर्थिक वर्ष २०७३/७४ मा १०.७९ प्रतिशत लााभंश दिएको थियो। सम्भवत यसवर्ष बैंकले लाभांश १२ देखि १५ प्रतिशतबीचमा दिएमा इतिहासकै धेरै लाभांश हुने छ।  

नाफामा छलाङमा मार्दै 

सिभिल बैंकले तीन महिनाको नाफा २०१.८६ प्रतिशतले बढाएको छ। आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनाको विवरण अनुसार अधिकांश वित्तीय सूचकमा सुधार आएको छ।

सिभिलले चालु आवको ३ महिनामा २९ करोड १८ लाख ४० हजार रुपैयाँ खुदा नाफा कमाएको छ। बैंकले गतवर्षको तीन महिनामा ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफामा उच्च वृद्धि हुँदा खुद नाफा तेब्बरले बढेको हो। बैंकको खुद ब्याज आम्दानी ४२.८१ प्रतिशतले बढेर ७१ करोड ७ लाख रुपैयाँ पुगेको छ। यस्तै, संचालन नाफा तीन गुणाले बढेर ४२ करोड रुपैयाँ पुगेको छ।

८ अर्ब ६८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५२ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा ९१ करोड ९७ लाख रुपैयाँ संचित छ। असोज मसान्तसम्ममा बैंकले ९२ अर्ब ७३ निक्षेप संकलन गरी ८१ अर्ब ९२ रुपैयाँ कर्जा लगानी गरेको छ। 

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि तीन गुणाले बढेको छ। समीक्षा अवधिमा सिभिलको प्रतिसेयर आम्दानी ४.८३ रुपैयाँबाट बढेर १३.५१ रुपैयाँ पुगेको छ।

यस्ताे छ लाभांश इतिहास 

civil 1.PNG


प्रकाशित : सोमबार, मंसिर १३ २०७८०१:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend