काठमाडौं- सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमका रोक लगाउने निर्णय गरेको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि त्यही क्षेत्रका नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाएको हो।
गृह प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार अब अफ्रिकी देशका नागरिकले नेपाल प्रवेश पाउने छैनन्। गृहले नेपाल प्रवेश गर्ने सबै नाकामा उक्त निर्देशन पूर्ण रुपमा पालन गर्न भन्दै निर्देशन दिइसकेको उनको भनाइ छ।
नयाँ भेरियन्ट देखा परेको भन्दै न्युर्योकमा आपत्कालीन घोषणा गरिएएको छ। युरोपका देशरुमा समेत प्रवेशमा प्रतिबन्ध लगाउनु सुरु गरिएको छ। विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई सतर्क रहन सुझाव दिएको थियो।