सोमबार, असोज ८ गते २०८०    

पर्यटन प्रर्वद्धन गर्न नेपालको प्रतिनिधित्व गर्ने म्युजिक भिडियो सार्वजनिक

images
पर्यटन प्रर्वद्धन गर्न नेपालको प्रतिनिधित्व गर्ने म्युजिक भिडियो सार्वजनिक
images

काठमाडौं- अनुपम प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र भौगोलिक विविधतायुक्त मुलुक नेपाल विश्व पर्यटनको आकर्षक केन्द्रविन्दु बनिरहेको छ। नेपाल गन्तव्यको विश्वभर प्रचार प्रसार गरेर बढीभन्दा बढी विदेशी पर्यटक नेपाल भित्र्याउन निजी तथा सरकारी तवरबाट विभिन्न पहलकदमी भइरहेको छ।

images

यसैसन्दर्भमा साङग्रिला नेपालको विविध स्थलाकृति, संस्कृति र अन्न्त पर्यटकीय आकर्ष भएको देशलाई प्रतिनिधित्व गर्ने एउटा म्युजिक भिडियो रिलिज भएको छ । पर्यटन प्रवद्र्धनका विभिन्न आयाममध्येको महत्वपूर्ण पाटो सङगीत पनि हो। त्यसैले सङ्गीतको माध्यमबाट नेपालका पर्यटकीय सम्भावनाको उजागर गरी नेपालको पहिचानलाई विश्वभर प्रवद्र्धनका लागि म्युजिक विडियो बनाइएको हो। ‘माई साङ्ग्रिला’ नामक अङ्ग्रेजी भाषामा पहिलो पटक पर्यटनसँग सम्बन्धित भिडियो बनाइएको छ।

images

यस म्युजिक भिडियो साङ्ग्रिला को माध्यमबाट गीतको उद्देश्य साङ्ग्रिलाको यस भूमिमा अन्तर्राष्ट्रिय र आन्तरिक दुबै पर्यटकहरुलाई आकर्षित गर्नको लागि हो। करिब दुई वर्षको समयावधि लगाएर तयार पारिएको म्युजिक भिडियोको लागत २५ लाख भन्दा बढी रहेको छ । जुन हालसम्मकै महङ्गो भिडियो गनिन्छ। नेपालका चर्चित पर्यटकीय गन्तव्य तथा पवित्र तीर्थ स्थलहरुमा गएर छायाङ्कन गरिएको छ।

images

म्युजिक भिडियोमा नेपाली परिदृश्य को भव्यता, नेपालको समृद्ध सांस्कृतिक सम्पदा र अनन्त सौन्दर्यको रुपमा एक भटकराको आँखाबाट देखीएको छ जो नेपालसँग मोहित छ।म्युजिक भिडियाको निर्माता तथा निर्देशक सूर्य बराल हुन्। भिडियोमा फिल्म निर्माता एवम् लेखक प्रेमबहादुर बस्नेतको शब्द रहेको छ । उक्त म्युजिक भिडियोमा प्रख्यात सुवर्ण लिम्बुले सङ्गीत दिएका छन् भने लोकप्रिय गायिका प्रीति कौरले गाएकी छन्।  

images

सन् १९९२ मा टाइम म्यागेजिनको कथा अलविदा साङ्ग्रिला छापिएपछि नेपालको यात्रा व्यापार र आतिथ्य उद्यमीहरु र सरकारसँगै सन् १९९८ मा भिजिट नेपाल र नेपालको पर्यटनलाई लाभान्वित अन्य कार्यक्रमहरु आयोजना गरी नेपालको दाग छविको सफा गर्ने प्रयास गरेका थिए ।

नेपालले राम्रो नजिजा देख्न थालेको छ किनकि पर्यटकी गतिविधि फेरी बढ्न थालेको छ । तर दुर्भाग्यवश, नेपालको पर्यटनले एक दशक लामो आन्तरिक द्वन्द्व, हडताल र बन्द, त्यसपछि २०१५ को भूकम्प र फेरि भारतीय नाकाबन्दीका कारण अर्को झड््का लाग्यो।

नेपाल एक पटक भिजिन नेपाल २०२० को आयोजना गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमणवर्षको शुभारम्भ गरिएको थियो तर विडम्बना नै मान्नुपर्छ कोभिडि –१९ महामारीका कारण उक्त अभियान स्थगित गरियो। पर्यटन व्यवसायी र जनताहरुले धेरै आशावदी र खुसी थिए कि नेपालको पर्यटन फेरी उफ्रिनेछ। महामारीयो पर्यटन क्षेत्रलाई नराम्ररी प्रभाव गर्यो। महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा छ।

नेपाल र यसको पर्यटन उद्योगको सामना गर्ने सबै बाधा र सङ्घर्षको बावजुद, हामी आशावादी छौं कि अझ राम्रा दिनहरु फर्केर आउनेछन् र पर्यटन उद्योग फेरी बढ्नेछ ।  रिलिज भएको यो म्युजिक भिडियो डिश होम च्यानलबाट पनि प्रसार हुने छ र नेपाल एयरलाइन्सको अन्तरराष्ट्रिय उडानहरुमा उडान भरीको मनोरञ्जन सेवाहरुमा पनि प्रस्तुत हुनेछ ।

निर्देशक र निर्माताको रुपमा मेरो थप योजनाहरु यो सङ्गीत भिडियो साङ्ग्रिलालाई विभिन्न अन्य माध्यमहरु (सोशल मिडिया, यात्रा र व्यापार मेला, आदि) को माध्यमबाट प्रशारण गर्नको लागि हो।

images

प्रकाशित : आइतबार, मंसिर १२ २०७८०५:३५

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ