शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

यूटीएलको आईएसपी लाइसेन्स खारेज

images
images
images
यूटीएलको आईएसपी लाइसेन्स खारेज

यूटीएलसँगै म्याक्सनेट सोलुसनको लाइसेन्स पनि खारेज भएको छ। त्यस्तै चितवन नेटवर्कको पनि लाइसेन्स खारेज भएको छ।

images
images

काडमाडौं- दूरसञ्चार सेवाप्रदायक यूटीएलको इन्टरनेट सेवा सञ्चालनका लागि पाएको लाइसेन्स खारेज भएको छ। 

images
images
images

अनुमपतिपत्र नवीकरण नगरेपछि यूटीएलको इन्टरनेट सेवा सञ्चालनको अनुमति पत्र दूरसञ्चार प्राधिकरणले खारेज गरिदिएको हो। यूटीएलले २०६० सालमा पहिलोपटक लाइसेन्स पाएको थियो। त्यसपछि नवीकरण गर्दै आएपनि पछिल्लो समय लाइसेन्स नवीकरण गरेको थिएन। 

images

नवीकरण नभएपछि दूरसञ्चार ऐनको दफा २५ को उपदफा ५ बमोजिम स्वत: खारेज भएको प्राधिकरणले जानकारी दिएको छ। 

images

यूटीएलको मोबाइल सेवा सञ्चालनको लाइसेन्स पनि यसअघि नै प्राधिकरणले खारेज गर्ने निर्णय गरेपनि अदालतको अन्तरिम आदेश ल्याएर रोकिएको छ। उक्त मुद्दा अझै पनि अदालतमा विचाराधीन रहेको छ। 

images
images

यूटीएलसँगै म्याक्सनेट सोलुसनको लाइसेन्स पनि खारेज भएको छ। त्यस्तै चितवन नेटवर्कको पनि लाइसेन्स खारेज भएको छ। 

images

प्रकाशित : बिहीबार , मंसिर २८ २०८००९:३७

प्रतिक्रिया दिनुहोस