बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

आर्थिक संकटपछि मेडिसिटी अस्पताल बिक्रीको अन्तिम डिलमा उपेन्द्र महतो

खरिदमा भारतीय कम्पनीहरूको चासो

images
बुधबार, मंसिर २७ २०८०
images
images
आर्थिक संकटपछि मेडिसिटी अस्पताल बिक्रीको अन्तिम डिलमा उपेन्द्र महतो

झन्डै ८ अर्ब रुपैयाँ लगानी रहेको मेडिसिटी अस्पताल बिक्रीको तयारीमा महतो लागिरहेका छन्। अस्पताल मासिक १० करोड रुपैयाँसम्म घाटामा जान थालेपछि महतोले अस्पताल बिक्रीको प्रयास गरिरहेका हुन्।

images
images

काठमाडौं- व्यवसायी उपेन्द्र महतो आर्थिक संकटमा जान थालेसँगै मेडिसिटी अस्पताल बिक्रीको तयारीमा लागेका छन्। महतोले मेडिसिटी अस्पताल बिक्रीका लागि भारतीय उद्योगपतिहरूसँग गरिरहेको डिल अन्तिम चरणमा पुगेको छ। 

images
images

झन्डै ८ अर्ब रुपैयाँ लगानी रहेको मेडिसिटी अस्पताल बिक्रीको तयारीमा महतो लागिरहेका छन्। अस्पताल मासिक १० करोड रुपैयाँसम्म घाटामा जान थालेपछि महतोले अस्पताल बिक्रीको प्रयास गरिरहेका हुन्। 

images
images

भीआईपीहरू भारतसहित विभिन्न देशमा उपचारमा जाने क्रम रोक्न संसारमा भएका हरेक सुविधा दिने घोषणासहित महतोले अस्पताल सञ्चालनमा ल्याएका थिए। निजी क्षेत्रकै सबैभन्दा ठूलो लगानी गरेर अन्तर्राष्ट्रिय सुविधासहितको अस्पताल सुरु गरेका महताले अहिले बिक्रीको तयारी गरेका हुन्। 

images
images

अन्तर्राष्ट्रिय मापदण्डको सेवासहित ७५० बेडको मेडिसिटी अस्पताल २०७४ असोजबाट सुरु भएको थियो। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षसमेत रहेका महतोले सञ्चालनमा आएको ८ वर्षपछि अस्पताल बिक्रीका लागि दौडधुप बढाएका हुन्। जसका लागि भारतीय बहुराष्ट्रिय कम्पनीहरूसँग बिक्रीको कुराकानी गरिएको छ। भारतीय कम्पनी टाटासहित केही कम्पनीसँग महतोले अन्तिम ‘डिल’ गरेर सम्झौताको तयारी गरेका छन्। 

७५० बेडको मेडिसिटीमा न्युरो साइन्सेज, कार्डियाक, ग्यास्ट्रो, रिनल, अर्थो एन्ड स्पोर्टस् मेडिसिन तथा अंकोलोजी सेन्टर अफ एक्सलेन्सका फरक विभाग स्थापना गरी सेवा सुरु गरिएको थियो। विश्वबाटै नेपालमा बिरामीको उपचार गर्ने ‘हव’ बनाउने घोषणा गरेका महतोले अहिले अस्पताल बिक्री गर्न लागेका हुन्। 

अस्पतालसँगै बैंक, जलविद्युत, टेलिकमलगायत क्षेत्रमा अर्बौं लगानी गरेका महतो पछिल्ला वर्षहरूमा आर्थिक संकटमा रहेका छन्। विगतमा मेरो मोबाइल, युटिएलमा लगानी गरेका महतोले पतञ्जलीमा समेत लगानी गरेका थिए। तर लगभग सबै व्यवसाय अहिले महतोको हातबाट फुत्किएको छ।

पछिल्लो समय मेडिसिटी अस्पतालमा लगानी गरेर चर्चामा आएका महतोले अस्पताल पनि बिक्री गर्न लागेका छन्। ‘भारतीय कम्पनीको टाटा कम्पनीसँग अन्तिम डिल जारी रहेको छ,’ स्रोतले भन्यो। सम्भवतः ८ देखि १० अर्ब रुपैयाँमा अस्पताल बिक्रीको सम्झौता हुने स्रोतले जानकारी दिएको छ। 

महतोले एकपछि अर्को व्यवसाय संकटमा परेपछि सानिमा बैंकको सेयरसमेत बिक्री गरेका थिए। गत सातामात्रै माछापुच्छ्रे बैंकको अध्यक्षबाट उनी हटेका थिए। 


प्रकाशित : बुधबार, मंसिर २७ २०८०१६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend