काठमाडौं- नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन्। १५ महिना कार्यकाल बाँकी छँदै थामीले राजीनामा दिएका हुन्।
थामीले आफ्नो पदबाट राजीनामा दिएको पत्र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसमक्ष पेस गरेका हुन्। मन्त्री निकट स्रोतका अनुसार थानीले पत्रमा कुनै कारण खुलाएका छैनन्।
कांग्रेसको राजनीतिमा पनि सक्रिय रहेका थामी इन्जिनियर्स एसोसिएसनमा सक्रिय थिए।