आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, लगानीकर्तालाई ९ प्रतिशत ब्याज

images
मंगलबार, मंसिर २६ २०८०
images
images
तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, लगानीकर्तालाई ९ प्रतिशत ब्याज

यो ऋणपत्र २९ मंसिरदेखि छिटोमा ३ पुससम्म र ढिलोमा १३ पुससम्म खुला गरिने बैंकले जनाएको छ।

images
images

काठमाडौं- नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।

images
images

बिक्रीमा ल्याइने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

images
images

बैंकका अनुसार सर्वसाधारणलाई छुट्याइएको १२ लाख कित्तामध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६०,००० कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको छ। 

images
images
images

सर्वसाधारणले न्युनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सकिने यस सात वर्षे ऋणपत्रमा लगानीकर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ।

यो ऋणपत्र २९ मंसिरदेखि छिटोमा ३ पुससम्म र ढिलोमा १३ पुससम्म खुला गरिने बैंकले जनाएको छ।

नबिलले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३ सय १३ एटीएम मेसिनबाट १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : मंगलबार, मंसिर २६ २०८०१४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend