शनिबार, साउन १२ गते २०८१    
images
images
images

लगानीकर्ता आत्तिएपछि सेयर बजारमा भारी गिरावट, विश्लेषक भन्छन्–बजार २६०० अंकबाट उकालो लाग्छ

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १२ २०७८
images
images
लगानीकर्ता आत्तिएपछि सेयर बजारमा भारी गिरावट, विश्लेषक भन्छन्–बजार २६०० अंकबाट उकालो लाग्छ

जसका कारण आइतबार सेयर बजारमा भारी गिरावट आएको हो। 

images

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा सेयर धितोकर्जाको विषयमा हेरफेर नगरेपछि लगानीकर्ताहरु आत्तिएपछि भारी गिरावट आएको छ। यो साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ८०.२९ अंकले घटेको छ।

images
images

आइतबार १ करोड १९ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८३ कराेड ५१ लाख रुपैयाँको कारोबार भएको हो। जसमा ८२ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीकाे भने मूल्य बढेकाे हो। 

images
nepse chart.PNG

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको समीक्षामा सेयर धितो राखेर लिइने कर्जाको सीमामा कुनै पनि हेरफेर गरेको थिएन। जसका कारण लगानीकर्ताहरु आत्तिए बिक्रीको चाप बढेको हो। जसका कारण आइतबार सेयर बजारमा भारी गिरावट आएको हो। 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति २०७८ साउन २९ मा जारी गर्दा सेयर कर्जामा व्यक्तिगत तर्फ ४ करोड र संस्थागत १२ करोडको सीमा तोकेको थियो।

images

‘समीक्षमा उक्त विषय संसोधन हुने आशा लगानीकर्ताले गरेको तर संसोधन नभएपछि आत्तिँदा बजार घटेको हो,’ सेयर विश्लेषक विष्णु बस्यालले भने। लगानीकर्ताहरु त्रसित बन्द केही दिन बजार घटेपनि २६२० अंकभन्दा तल नजाने उनको तर्क छ। 

बजार घट्ने जति घटिसकेको छ।अब व्यादर स्थिर हुन थालेकोले विस्तारै बजारमा पैसा आउन थाल्ने समेत बस्याल बताउँछन्। ‘बजार २६०० सयपछि उकालो लाग्न थाल्छ, त्यसपछि बजारमा नयाँ बुल सुरु हुने छ,’ बस्यालले भने। 


प्रकाशित : आइतबार, मंसिर १२ २०७८०९:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend