शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

खलंगा बजारको मुख्य-मुख्य चोकमा सीसी क्यामेरा जडान गरिँदै, ३० लाखको बोलपत्र आह्वान

images
मंगलबार, मंसिर २६ २०८०
images
खलंगा बजारको मुख्य-मुख्य चोकमा सीसी क्यामेरा जडान गरिँदै, ३० लाखको बोलपत्र आह्वान

'पछिल्लो समयमा बजारमा बढेका चोरीका घटना र शान्ति सुरक्षा कायमसँगै आपराधिक क्रियाकलाप नियन्त्रण र बढ्दो सवारी दुर्घटनाको कारण पत्ता लगाउन सीसी क्यामेरा जडान गर्न लागिएको हो।'

images
images

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिकाले सदरमुकाम खलंगा बजारको मुख्य-मुख्य चोकमा शान्ति सुरक्षालाई थप मजबुत बनाउनका लागि सीसी क्यामेरा जडान गर्ने भएको छ।

images
images
images

सदरमुकामको विमानस्थलबाट बीचबजार, क्याम्पस लाइन र विजयजगरमा सीसी क्यामेरा जडानका लागि अहिले ३० लाख रूपैयाँको बोलपत्र आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानले जानकारी दिए।

images
images

सीसी क्यामेराको प्रत्यक्ष निगरानी जिल्ला प्रहरी कार्यालय जुम्लाले गर्ने भएको छ। नीति, कार्यक्रम तथा बजेटबाट यो आर्थिक वर्षमा ३० लाखको बजेट विनियोजित गरिएको थियो। क्रमशः अर्को वर्षका लागि पनि अर्को ठाउँमा सीसी क्यामेरा जडानका लागि बजेट पारित गरिने प्रशासकीय अधिकृत न्यौपानले जानकारी दिए।

images
images

'पछिल्लो समयमा बजारमा बढेका चोरीका घटना र शान्ति सुरक्षा कायमसँगै आपराधिक क्रियाकलाप नियन्त्रण र बढ्दो सवारी दुर्घटनाको कारण पत्ता लगाउन सीसी क्यामेरा जडान गर्न लागिएको हो', उनले भने।

आपराधिक क्रियाकलापसँगसँगै सडक दुर्घटना न्यूनीकरणका लागि पहिलो पटकमा नगरपालिको खलंगा बजारका विभिन्न स्थानमा क्यामेरा जडान गर्ने तयारीमा नगरपालिका लागिपरेको नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिए। बोलपत्र मूल्यांकनको काम अबको केही सातापछि सकिएपछि क्यामेरा जडानको काम अगाडि बढ्ने नगरप्रमुख कठायतको भनाइ छ।
 
अहिले आवश्यकतानुसार सदरमुकाम खलंगा बजारका चोकमा क्यामेरा जडान गरिने भएको छ। शान्ति सुरक्षा मजबुत बनाउन थप टेवा पुग्ने आशा गरिएको नगर उपप्रमुख रामदेवी खड्काले बताए। बजार क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सीसी क्यामेरा जडान सुरु गरिएको चन्दननाथ नगरपालिकाले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, मंसिर २६ २०८०११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend