शनिबार, मंसिर ८ गते २०८१    
images
images

वैकल्पिक विमानस्थल बन्द भन्दै बुद्धले माउन्टेन उडान राेक्दा अन्यले किन गरे? यस्तो छ नियम

हवाई सुरक्षामा हामी सचेत छौँ - बुद्ध एयर

images
सोमबार, मंसिर २५ २०८०
images
images
वैकल्पिक विमानस्थल बन्द भन्दै बुद्धले माउन्टेन उडान राेक्दा अन्यले किन गरे? यस्तो छ नियम
images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहानका लागि बुद्ध एयरलगायतका तीनवटा एयरलाइन्सले माउन्टेन उडानको अनुमति लिएका थिए। जतिबेला काठमाडौं विमानस्थलबाट भीएफआर उडान नै भएको थियो।

images
images
images

माउन्टेन उडानका लागि उडान गरेको विमानस्थलसँगै अर्को वैकल्पिक विमानस्थल पनि खुला हुनु पर्ने हुन्छ। आइतबार बिहान जुन प्रकृतिका जहाजले माउन्टेन उडान गरिरहेका थिए उक्त सयमा देशभरका अधिकांश विमानस्थल बन्द थिए। काठमाडौंबाट माउन्टेन उडान भइरहेको बेला धनगढी विमानस्थल मात्रै खुला थियो।

images

पूर्वमा उडेका जहाजले धनगढी विमानस्थललाई वैकल्पिक विमानस्थल राखेर गर्ने माउन्टेन उडान व्यावसायिक तथा सुरक्षाका दृष्टिकोणले उचित मानिँदैन। यसबाहेकका अन्य विमानस्थल भने बन्द थियो।

images

व्यावसायिक रुपमा धनगढी विमानस्थल माउन्टेन उडानको क्रममा वैकल्पिक विमानस्थलको रुपमा खासै प्रयोग भएको छैन। काठमाडौंबाट माउन्टेन उडान भएको जहाज ५० माइल पूर्व गएको हुन्छ। यसरी पूर्वमा भएको जहाजले वैकल्पिक विमानस्थलको रुपमा धनगढी रोज्नु उचित नहुने प्राधिकरणकै कर्मचारीहरू बताउँछन्।

आइतबार धनगढी विमानस्थल पनि बिहान आइएफआर उडानका लागि मात्रै खुला थियो।  यस्तो अवस्थामा बुद्ध एयरले भने वैकल्पिक विमानस्थल नखुलेको भन्दै उडान गरेन। उसले आइतबारको माउन्टेन उडान बन्द नै गर्‍यो। सुरक्षाको हिसाबले पूर्वमा रहेको आपतकालीन  अवस्थामा पश्चिम पुग्न नसक्ने जिकिर गर्दै उडान गरेन। बुद्ध एयर हवाई सुरक्षाको विषयमा कुनै कमजोरी नगर्ने उद्घोष गर्दै उडानमा सक्रिय रहेको छ। 

बुद्ध एयरले १० तारेख अर्थात मंसिर २४ गतेको माउन्टेन उडान किन नगरेको र अन्य एयरलाइन्सले किन गरे भने विषय स्पष्ट पारेको छ। बुद्ध एयरले भन्यो, 'हाम्रो उडान सञ्चालन नियमअनुसार 'ट्विन इन्जिन सञ्चालन स्वीकृत विमानले उडान समयको मिनेट मिनेटभित्र एक इन्जिन अपरेटिङ क्रुजिङ गतिको साथ वैकल्पिक एरोड्रोमलाई विचार गर्ने रुटमा मात्र सञ्चालन गर्नुपर्छ। डिसेम्बर १० का दिन धनगढी विमानस्थलमात्र खोलिएको वैकल्पिक विमानस्थल थियो। काठमाडौंबाट २६४ नर्टिकल माइलको दुरीमा अवस्थित रहेको उक्त विमानस्थलसम्म एउटा इन्जिन अपरेटिभ अवस्था रहेको अवस्थामा ६० मिनेटभन्दा बढी उडान समय चाहिन्छ। जसले वैकल्पिक एरोड्रोम आवश्यकता पूरा गर्न विस्तारित समय सञ्चालन (ईटीओपीएस) माग गर्छ।'

काठमाडौंबाट माउन्टेन उडान गरिरहेका जहाज ल्याण्डका लागि आवश्यक विमानस्थल बन्द थिए। तर सुदूरपश्चिमको धनगढी विमानस्थल भने खुला थियो। यो विमानस्थललाई माउन्टेन उडानका लागि वैकल्पिक विमानस्थलको रुपमा लिन सकिँदैन तर एयरलाइन्स कम्पनीले सोहीअनुसारको इन्धन राखेर उडान गर्न भने पाउँछन्।

काठमाडौंबाट हुने माउन्टेन उडानका लागि पोखरा, विराटनगर, भद्रपुर, सिमरा र जनकपुर नै उचित वैकल्पिक विमानस्थल हो। तर आइतबार यी सबै विमानस्थल बन्द थिए। वैकल्पिक विमानस्थल बन्द रहेको भन्दै बुद्ध एयरले माउन्टेन उडान गरेन।

आन्तरिक उडानमा सबैभन्दा बढी जहाज भएको र बजार हिस्सा समेत बढी भएको एयर पनि बुद्ध नै हो। बुद्ध एयरबाट मात्रै दैनिक ९ हजारको हाराहारीले आन्तरिक हवाई सेवा लिँदै आएका छन्। एउटा एयरलाइन्सले वैकल्पिक विमानस्थल खुला नभएको भन्दै उडान नगर्ने अन्य दुईवटाले उडा गर्ने विषय सुरक्षासँग जोडिन्छ कि जोडिँदैन?

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलसँग हामीले माउन्टेन उडानका लागि के कस्तो नियम लागु हुन्छ भनेर प्रश्न गरेका थियौँ? हाम्रो प्रश्नमा भुलले दिएको जवाफ-

काठमाडौंबाट हुने माउन्टेन उडानका लागि एउटा स्थापित प्रक्रिया छ। रनवे ०२ वा २० जहाँबाट उडे पनि 'वेस्ट" टर्न गरे रनवेको १० हजार ५ सय फिट माथि पुग्नु पर्छ। त्यसपछि जहाज २५ माइलसम्म फ्लाइट लेभल २०० पुग्नु पर्छ। त्यसपछि ४० माइलसँग फ्लाइ‍ट लेभल २५० पुगिसेको हुनु पर्छ। जहाज ५० माएलसम्म जान्छ। ५० माइलबाट सबै माउन्टेन सफा छ भने जहाज लेफ्ट टर्न गरेर दोलखामाथिको जिरीको पोइन्ट हुँदै १५ माइलसम्म जहाज आउँछ।

१५ सम्म आउँदा चाहिँ २४ हजार फिटमा डिसेन्ट गर्दै आउँछ। जहाज डिसेन्ट गर्दै जहाज चाहिँ फ्लाइट नम्बर  १५० , १३० गर्दै ११ हजार ५ सयको फिटमा झरेर जिरीबाट किलो ट्यांगो माइकमा उडान गर्छ। यो नै माउन्टेन उडानको नर्म प्रक्रिया हो। यसका लागि भीएफआर उडान चाहिन्छ। काठमाडौं विमानस्थलमा भीएफआर नभएको अवस्थामा पनि जहाज उडेर माथि १०५ सम्म पुग्दा भीएफआर हुनु पर्छ। इन फ्लाइटको भीएफआर चाहिन्छ। यसका लागि ८ मिलोमिटरको हुनु पर्छ।

यसैगरी बादलबाट जहाज चाहिँ भर्टिकल ३ सय मिटर र होरिजेन्टल चाहिँ १५ सय मिटर टाढा हुन पर्छ। यो काठमाडौं उडानका लागि हो। काठमाडौंबाट जहाज उडेपछि माउन्टेन उडानको हकमा प्रस्थान तथा आगमन काठमाडौं नै हुन्छ। हाम्रो प्लाइट प्लानमा चाहिँ २ वटा वैकल्पिक एरोड्रम चाहिन्छ। त्यसमा पनि न्यूनतम एउटा एरोड्रम चाहिँ आवश्यक हुन्छ। त्यसमा पनि जुन प्रकृतिको जहाजले माउन्टेन उडान गरिरहेको छ सोही प्रकृतिको जहाज अवतरणका लागि योग्य एरोड्रम चाहिन्छ।

न्यूनतम एउटा एरोड्रम खुलेपछि मात्रै जाज उडानमा जान पाउँछ। त्यसका लागि नेपालभरीका जुनसुकै विमानस्थल भएपनि हुन्छ। तर सोहीअनुसारको इन्धन बोकेको हुन पर्छ। काठमाडौंबाट हुने उडानको हकमा धनगढी विमानस्थललाई व्यावसायिक रुपमा वैकल्पिक एरोड्रमको रुपमा लिन सकिँदैन तर उक्त विमानस्थल खुलेको बेला पनि उडान भने गर्न पाउँछन्।


प्रकाशित : सोमबार, मंसिर २५ २०८०१५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend