बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अधिकार क्षेत्रबाहिर गएर निर्माण व्यवसायीविरूद्ध पक्राउपुर्जी जारी गर्नु आपत्तिजनक : महासंघ 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
अधिकार क्षेत्रबाहिर गएर निर्माण व्यवसायीविरूद्ध पक्राउपुर्जी जारी गर्नु आपत्तिजनक : महासंघ 

दाङको सिस्नेखोलामा बाढीले गाडी बगाउँदा भएको मानवीय क्षतिलाई लिएर जिल्ला प्रशासन कार्यालय दाङले आफ्नो कानुनी अधिकार क्षेत्रभन्दा बाहिर गई महासंघ सदस्य रहेको श्री एडभेन्चर\जेबीका जेभीका यज्ञबहादुर खत्री विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। 

काठमाडौं- जिल्ला प्रशासन कार्यालय दाङले क्षेत्राधिकार बाहिर गएर निर्माण व्यवसायीलाई पक्राउपुर्जी जारी गरेको भन्दै निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ। 

दाङको सिस्नेखोलामा बाढीले गाडी बगाउँदा भएको मानवीय क्षतिलाई लिएर जिल्ला प्रशासन कार्यालय दाङले आफ्नो कानुनी अधिकार क्षेत्रभन्दा बाहिर गई महासंघ सदस्य रहेको श्री एडभेन्चर\जेबीका जेभीका यज्ञबहादुर खत्री विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। 

उक्त कम्पनी र सडक डिभिजन कार्यालय दाङबीच सम्झौता भइ सिस्ने खोला निर्माण कार्य संचालन भइ अन्तिम चरणमा पुगेको समयमा कोभिड-१९ को पहिलो र दोस्रो लहरका कारण विभिन्न जिल्लाहरूमा जारी बन्दाबन्दी र निषेधाज्ञाका कारण आवत जावतमा कठिनाई, निर्माण सामाग्रीहरुको अभावलगायत मौषमका कारण समयमा कार्य सम्पन्न गर्न कठिनाई भएको महासंघले जनाएको छ। 

यसरी सार्वजनिक खरिद ऐन\नियम र प्रचलित करार कानून एवं करार सम्झौता बमोजिम सार्वजनिक निकायबाट कारवाही गर्नुपर्ने भएमा सोही निकायबाट कारवाही हुनुपर्नेमा जिल्ला प्रशासन कार्यालय दाङले आफ्नो कानूनी अधिकार क्षेत्रभन्दा बाहिर गई खत्री विरुद्ध पक्राउ पुर्जी जारी गरेर कानूनी शासनको खिल्ली उडेको महासंघको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय दाङको यस कदमले संविधान प्रदत्त नागरिकको मौलिक एवं मानव अधिकारको प्रत्यक्ष हनन् भएको महासंघका महासचिव रोशन दाहालद्वारा मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ। 

भदौ १६ गते राति करीब ११ बजे निर्माणस्थल भएको खोलामा बाढी आएको अवस्थामा साइडमा रोकी रहेका गाडी चालक तथा प्रत्यक्षदर्शीले ‘खोला ठूलो छ गाडी नहाल’ भन्दा भन्दै जबरजस्ती गाडी खोलाबाट पार गराउन खोज्दा खोलाले बगाई भएको मानवीय क्षति निज यज्ञबहादुर खत्रीसँग सम्बन्धित र सरोकार नै नभएको महासंघको भनाइ छ। 

यस विषयमा उनलाई समेत जोडी मान प्रतिष्ठा र इज्जतमा आँच पुर्‍याउने र मानवीय काबु बाहिरको प्राकृतिक प्रकोपको कारण भएको घटनालाई व्यक्तिसँग जोडी पक्राउ पुर्जीजारी गर्ने काम निन्दनीय भएको महासंघको ठहर छ।
 


प्रकाशित : मंगलबार, भदौ २२ २०७८११:४२
  • सम्बन्धित विषय:

  • # निर्माण व्यवसायी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend