आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

कुहिएर बोटबाटै झर्न थाले सुन्तला, उत्पादनमा कमीले आम्दानी घट्ने चिन्तामा किसान

images
शनिबार, मंसिर २३ २०८०
images
कुहिएर बोटबाटै झर्न थाले सुन्तला, उत्पादनमा कमीले आम्दानी घट्ने चिन्तामा किसान

अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका कृषक समस्यामा परेका छन्।

images
images

गलकोट- बागलुङको सुन्तला पकेट क्षेत्रमा यस वर्ष उत्पादनमा कमी आएको छ। सुन्तला गाउँका रूपमा चिनिएको जिल्लाको सिगाना गाउँमा बर्सेनि औँशा कीराको सङ्क्रमण बढ्दै गएकाले उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन्।

images
images
images

सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काको बगानमा यसपटक मात्रै नौ प्लाष्टिकका बोरामा झरेका सुन्तला संकलन गरिएको छ। सुन्तला बढी उत्पादन हुने सिगाना, बिहुँ र सर्कुवालगायत क्षेत्रमा औँशा कीराको सङ्क्रमणले सुन्तला झर्न थालेपछि उत्पादनमा गिरावट आएको हो।

images
images

बजेट अभावमा औँशा कीराको सङ्क्रमणलाई न्यूनीकरण गर्न नसक्दा पछिल्लो समय बागलुङमा सुन्तला उत्पादनमा कमी आएको खड्काले बताए। बोटमा नै कीरा लागेर भुइँमा सुन्तला झर्न थालेको उनको भनाइ थियो। 'वार्षिक दुई लाखदेखि तीन लाख रूपैयाँसम्मको आम्दानी सुन्तलाबाटै गर्दै आएको छु। बर्सेनि सुन्तलामा औँशाको सङ्क्रमण बढ्दै गइरहेको छ', खड्काले भने, 'बगानमा झरेकै सुन्तला नौ प्लाष्टिकका बोरा भइसके। रोग दिनप्रतिदिन बढ्दै गएको छ। स्थानीय सरकारले कुनै चासो दिएको छैन। बागलुङ नगरपालिकाले सुन्तला किसानलाई प्रदान गर्दै आएको अनुदानसमेत काट्यो।'

images
images

पाक्ने बेलाका सुन्तलामा औँशा कीरा देखिएपछि बिक्री गर्ने तयारीमा जुटेका किसानलाई निराश बनाइदिएको छ। अहिले एउटा बोटबाट १० देखि २० प्रतिशतसम्म सुन्तला झरेको बताउँदै यो क्रम बर्सेनि बढ्दै आएको किसानको भनाइ छ। अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका कृषक समस्यामा परेका छन्। 

जिल्लाको धेरै सुन्तला उत्पादन हुने क्षेत्रमामा औँशा कीरा समस्या दिनथालेको कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत कुमार पुनले बताए। उनका अनुसार सिगाना, बिहुँ र सकुर्वालगायत स्थानमा सुन्तला खेतीमा औँशाका सङ्क्रमण देखिएको छ।

झरेका फल व्यवस्थापन गर्नका लागि प्लाष्टिकका बोरा प्रदान गरे पनि गत वर्ष बजेट अभावमा उपचार गर्न सम्भव नभएको बताउँदै पुनले यस वर्ष औँशा नियन्त्रणका लागि ६ लाख रूपैयाँ बजेट विनियोजन भएको जानकारी दिए। अन्नबाली छाडेर व्यावसायिक सुन्तला उत्पादनमा लागेका किसान फल झरेपछि मर्कामा परेका छन्।

'बर्सेनि औँशाको समस्या बढ्दै आएको छ। कीराका कारण सुन्तला उत्पादनमा कमी आउने देखिएको छ', पुनले भने, 'झरेका सुन्तलाको सही व्यवस्थापन गर्न आवश्यक छ भने यसपटक सिगाना र बिहुँमा औँशाको उपचार गर्ने योजनामा छौँ। यसका लागि बजेटको समेत व्यवस्थापन भइसकेको छ।'

सुन्तलालगायत अमिलो प्रजातिका फलफूलमा औँशा कीराको सङ्क्रमण देखिएपछि केन्द्रले किसानको बगैँचामा पुगेर त्यसको अध्ययनका साथै रोकथाम र व्यवस्थापनबारे सचेत गराउँदै आएको छ। यस वर्ष भने केही स्थानमा उपचार पनि गरिने पुनले बताए। उनका अनुसार सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, विमिरो, कागती, ज्यामिरलगायत फलफूलमा यो रोगको सङ्क्रमण फैलिरहेको छ। रासस 


प्रकाशित : शनिबार, मंसिर २३ २०८०१२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend